जिल्ला समन्वय समिति खोटाङको नेतृत्वमा बादुङ चखेवा सडक संचालन

जिल्ला समन्वय समिति खोटाङको पहलमा मध्येपहाडी लोकमार्ग अन्तरगत दिक्तेल चखेवा सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको विशेष नेतृत्वमा यस सडक खण्डको साकेला गाउँपालिका वडा नम्बर १ मा पर्ने सेखुवा चखेवा सडक खण्ड मर्मत गरिएको हो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई, जिल्ला समन्वय समितिका उप–प्रमुख सुरेश तामाङ, नेकपा एमालेका नेता रामप्रसाद दंगाल, साकेला गाउँपालिकाका उप– प्रमुख विर्सिका राई लगायतको सहभागितामा पहिलो दिन सडक मर्मत शुरु गरिएको थियो । साकेला गाउँपालिका भित्र पर्ने यस सडक खण्डको बादुङ हुँदै जाने सडक सफाई तथा मर्मत गरिएको छ ।
जिल्ला समन्वय समितिका निमित्त कार्यालय प्रमुख सिताराम आचार्य, साकेला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हेमन राईलगायतको टोलिले पहिलो दिनदेखि र दोस्रोदिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी वल र नेपाली सेना समेत सो अभियानमा जोडिएका थिए ।
अभियानलाई सफल पार्न जिल्ला समन्वय समितिले विभिन्न कार्यालयहरुबाट तेल सहयोग लिएर उक्त सडकको मर्मत गरिएको बताउनु भयो । ‘दशैँ र तिहार जस्तो चाडबाडमा शहरबाट गाउँ आउन चाहाने नागरिकहरुको सुविधाका लागि अभियान संचालन गरिएको प्रमुख राईको भनाई रहेको छ ।
यस्तै खोटाङ जिल्लाबाट तराईसँग सिधा जोडिने फोक्सिङटारको पक्की पुल यसबर्षको बाढीपहिरोले बगाएपछि तराईसँग सम्पर्क टुटेकाले यो बाटोको अनिवार्य मर्मत गर्न आवश्यक रहेको प्रतिनिधी सभा सदस्य रामकुमार राईले बताउनु भयो । तराईबाट आउने अधिकांश खोटाङ्गे नागरिकहरुलाई धरान धनकुटा भोजपुर हुँदै आउने बाटोको अवस्था खराब रहेकाले सबै जना मिलेर मर्मत कार्यमा जुटेको उहाँको भनाई रहेको छ ।
सडक मर्मतका निम्ति साकेला गाउँपालिकाको एक जेसिबि एक ट्याक्टर सडक डिभिजन कार्यालयको एक जेसिवि एक टिफर, मध्येपहाडि लोकमार्ग आयोजना कार्यालयको एक जेसिवि एक टिफर संचालनमा ल्याईएको थियो । यस्तै यातायात व्यवसायी सुदिप ढकाल, युवराज रिजाल र भैरव बस्नेतले एकदिनका लागि निशुल्क टिफर उपलब्ध गराउनु भएको थियो ।
यस्तै सडक मर्मतकालागि डिभिजन वन कार्यालय खोटाङले २०० लिटर, जलश्रोत तथा सिँचाई डिभिजन कार्यलय खोटाङले १०० लिटर, स्वास्थ्य कार्यालय खोटाङले २०० लिटर र हलेसी ट्रेड एण्ड आयल सप्लायर्सले १०० लिटर गरेर जम्मा ६०० लिटर तेल सहयोग प्रदान गर्नु भएको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङले रु पाँचहजार रुपैया आर्थिक सहयोग र अभियानका लागि लागेको खर्च जिल्ला अस्पतालले व्यहोर्ने समेत प्रतिवद्धता आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनु भएको छ ।
सडक मर्मत अभियानको बाँकी सम्पुर्ण बन्दोवस्ति जिल्ला समन्वय समिति खोटाङ र साकेला गाउँपालिकाले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार