सिम्पानी बजारको अनुगमन म्याद गुज्रिएका अखाद्य वस्तुहरु नष्ट

चाम्लिङ दिनेश
खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका र इलाका प्रशासन कार्यालय खोटाङ बजारको संयुक्त टोलिले स्थानीय सिम्पानी बजारको अनुगमन गरेको छ । बुधबार विहान खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी बजारको बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा बजारमा मिति नाघेको खाद्य तथा पेय पदार्थहरुको अनुगमन गरेको छ । इलाका प्रशासन कार्यालय खोटाङ बजारका प्रतिनिधी तथा अनुगमन संयोजक मोहन बहादुर राईको नेतृत्वमा गएका टोलिले बजारमा रहेका म्याद गुज्रेको सामाग्रीहरुको जफत गरेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्ने हेतुले गरिएको अनुगमनका क्रममा अखाद्य सामाग्रीहरुलाई डिस्पोज गर्ने काम भएको छ । अनुगमनका क्रममा विस्कुट, डिउ, कोक जस्ता ३४ प्रकारका औषधी तथा अखाद्य सामाग्रीहरु भेटिएको र यसलाई उपसमितिका सदस्यहरु, इलाका प्रहरी, गाउँ प्रहरी तथा स्थानीय भद्रभलादमीहरुको समेत उपस्थितिमा डिस्पोज गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार