अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङले १९ औ जिल्ला सम्मेलनको तयारी पुरा गरेको छ । भदौ महिनाको १५ र १६ गते हुन गईरहेको अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
जिल्ला सदरमुकाम दिक्तेलमा हुन गईरहेको जिल्ला सम्मेलनमा प्रनितिधीहरु आउने क्रम शुरु भईसकेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक डार्विन चाम्लिङ पत्रकार सम्मेलनमा बताउनु भएको छ । उहाँले जिल्लाभरीबाट करिब २५० जना भन्दा बढी प्रतिनिधीहरुको सहभागितामा एतिहासिक जिल्ला सम्मेलन हुन गईरहेको जानकारी गराउनु भएको छ ।
सम्मेलन सम्पन्न गराउन अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्याक्ष नरेश रेग्मी खोटाङ आईपुग्नु भएको छ । पत्रकार सम्मेलनमा आईपुग्नु भएको रेग्मीले विद्यार्थीहरुको हकहित र अधिकार प्राप्तीकालािग विद्यार्थीहरु राजनीतिमा समाहित हुन जरुरी रहेको बताउनु भएको छ ।
शिक्षा क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन र नव उदारवादी शैक्षिक प्रणालीको खारेजीका लागी अझ शसक्त आन्दोलनको जरुरी रहेको पत्रकार सम्मेलनमा बताउनु भयो । पत्रकारहरुसँग कुरा गर्दै उहाँले शैक्षिक माफियाहरुको जालो तोड्न विद्यार्थी आन्दोलनको आवश्यकता रहेको बताउनु भएको छ ।
जिल्ला सम्मेलनले अखिल क्रान्तिकारी खोटाङको नया नेतृत्व निर्माण गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार