दिक्तेल बजारलाई पुर्नजीवन दिन दिक्तेल सरोकार काठमाडौँको चासो

दिक्तेल । दिक्तेल समाज काठमाडौ र दिक्तेल बजार सामाजिक गुठीले दिक्तेल बजार सरोकार केन्द्रका लागि सुझाव तथा छलफल कार्यक्रम आयोजना गरेको छ । ‘‘अबको हाम्रो निकास ः दिक्तेल बजारको एकता समृद्धि र विकास’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा दिक्तेल बजार सामाजिक गुठीका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । बजारमा रहेका ८० बर्ष भन्दा माथी उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा धनकुमारी श्रेष्ठ, मानकुमारी लयालु, कर्ण बहादुर बजिमय, डिल्लिमान श्रेष्ठ, सिद्धिमान जोशी, गेह कुमार सैँजु, कृष्ण राजभण्डारी, रत्नकुमारी बजिमय, गणेश कुमारी श्रेष्ठ, निरकुमारी सैँजु, नारायणदेवि बजिमय, धनकुमार बजिमय, नरकुमारी श्रेष्ठ, राम ताम्राकार, चन्द्रकुमारी श्रेष्ठ, नारायणी देवि उदास, पदमकुमारी राजभण्डारी, नारायणी जोशी, कुसुमकुमारी जोशी, अम्बिका देवि जोशी र दुर्गा घिमिरे रहेका छन् ।

सम्मान कार्यक्रमपछि दिक्तेल सरोकार केन्द्रका लागि सुझाव संकलनका लागि कार्यक्रमको अवधारणा पत्र ध्रुव बजिमयले प्रस्तुत गर्नु भएको थियो । अवधारणा पत्र प्रस्तुत पछि सो अवधारणा पत्रमाथी केही टिप्पणी तथा सहजिकरण खुश नारायण सैँजुले गर्नु भएको छ ।

अवधारणा पत्रमाथीको टिप्पणी पछि छलफलका लागि फ्लोर खुल्ला गरिएको थियो । छलफलमा सहभागीहरुले विभिन्न किसिमका सुझाव तथा सल्लाह राखेका थिए । सुझावहरु सुनि सकेपछि सरोकार केन्द्रका संयोजक समाजसेवि व्यक्तित्व तथा कार्यक्रमका प्रमुख अतिथि टंक श्रेष्ठले आफ्ना अभियान र अपेक्षा सहित केही प्रतिवद्धता हरु राख्नु भएको थियो

छलफलको क्रम सकिएसँगै सहजकर्ता खुश नारायण सैँजु छलफलको निस्कर्ष प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम दिक्तेल बजार सामाजिक गुठिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षता तथा कोषाध्याक्ष ईन्द्र कसजुको सँचालनमा भएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार