खार्मीमा कक्षा १२ उतिर्णगर्ने विद्यार्थीहरुलाई अभिनन्दन सहित विदाई


खार्मी । कालिका माध्यामिक विद्यालय खार्मीले १२ कक्षा पास गर्ने विद्यार्थीहरुलाई विदाई तथा एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । कालिका माध्यामिक विद्यालयले कक्षा १२ मा पहिलो व्याजको विद्यार्थी उत्पादन गरेर सफलता हासिल गर्ने विद्यार्थीहरुलाई विदाई गरेको हो ।

कालिका माध्यामिक विद्यालयमा १३ जना १२ कक्षा पढ्ने विद्यार्थीहरु मध्ये १० जनाले राम्रो अंक ल्याएर राष्ट्रिय परीक्षा बोर्डको परिक्षा पास गरेका छन् । यसैगरी ३ जना विद्यार्थीहरुले आंशिक मार्फत उतिर्ण गर्ने विद्यालय आशा गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तथा मानविक संकायका विभागि प्रमुख देवकुमार राईले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका छन् । राईले उच्च शिक्षा हासिल गर्न किन आवश्यक छ, र यसका लागि कसरी पढ्ने, पढ्नका लागि शैक्षिक संस्थाहरु कसरी छनौट गर्ने भन्ने बारेमा विचार राखेका छन् ।

यस्तै स्थानीय समुदायको चन्दा सहयोगमार्फत कक्षा ११ र १२ संचालन भईरहेको विद्यालयमा टोल स्तरीय आर्थिक सहयोग संकलन समितिका संयोजकहरुले आफ्ना प्रगती विवरण राखेका छन् । विद्यालयका प्रधानाध्यापक प्रकाश राईले विद्यालयको वर्तमान अवस्था र भावि कार्यक्रमको बारेमा प्रस्ट पारेका छन् ।

कार्यक्रममा कक्षा ११, १२ संचालानार्थ आर्थिक सहयोग संकलन समितिका संयोजक कृष्ण किशोर राई, स्थानीय अभिभावकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार