माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले निःशुल्क ट्युसन कक्षा शुरु गर्‍यो

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले खोटाङमा निःशुल्क ट्युसन पढाउन शुरु गरेको छ । माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परिक्षाको ग्रेडवृद्धि गर्न चाहेका विद्यार्थीहरुलाई निःशुल्क ट्युशन कक्षा संचालनमा ल्याएको हो ।

दिक्तेल स्थित सरस्वती माध्यामिक विद्यालयमा शुरु भएको ट्युसन कक्षामा जिल्लाको विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने अखिल क्रान्तिकारी खोटाङका संयोजक डार्विन चाम्लिङले जानकारी दिएका छन् । असार २७ गतेबाट शुरु भएको कक्षा साउन २१ गते सम्म चल्ने छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध विषयगत दक्ष शिक्षकहरुले विद्यार्थीहरुलाई नियमित कक्षा लिने भएका छन् । अंग्रेजी, गणित तथा विज्ञान विषयका विषय शिक्षकहरुले विद्यार्थीहरुलाई निःशुल्क पढाउने आयोजकले जनाएको छ ।

विषयगत शिक्षकहरु रविन सुनुवार, शिवकुमार राई, नुरकाजी सैँजु, भवकृष्ण ढकाल, सागर ढकाल र अनिल ठाकुरले उनिहरुलाई पढाउने भएका हुन् । ट्युसन कक्षाका लागि डार्विन चाम्लिङ ९८४३६२६५०४, एल वि मगर ९८६२८१८८२२, भुवन आचार्य ९७४६९९४०१७ र आदेश थापाका फोन नम्बरः ९८६२२४९३१४ थप जानकारीका लागि सम्पर्क गर्न सकिने अखिल क्रान्तिकारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार