खोटेहाङमा एसईई अध्यक्ष उपाध्याक्ष कार्यक्रम गर्ने नीति, किसानको उत्पादनलाई न्युनतम समर्थन मुल्य निर्धारण गरिने


खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ ।
गाउँपालिकालाई उत्पादनसँग प्रत्यक्षरुपमा जोडेर समृद्ध खोटेहाङ बनाउनका लागि किसानहरुलाई प्रोत्साहन गर्न पालिका भरीका माटो परिक्षणगरी सो को आधारमा चिया, कफि, किबि, अलैँची, अम्लिसो जस्ता नगदेवालीहरु उत्पादन गर्ने कार्यक्रममा उल्लेख छ । पालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा प्रदान गर्दै आएको दण्ड र पुरस्कारको व्यवस्थालाई निरन्तरता दिने उल्लेख छ ।
यस अघि नै खोटेहाङ गाउँपालिकाबाट सेवा सुविधा लिने जनप्रतिनिधी र कर्मचारीहरुका छोरा छोरीलाई सामुदायीक विद्यालयमा पठनपाठन गराउने कार्यक्रम राखि सकेको छ । थप यस बर्ष एसईई अध्यक्ष उपाध्याक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत शैक्षिक उपलब्धी हासिल गर्न एसईई परिक्षा दिने विद्यार्थीलाई छात्रवास कार्यक्रम संचालन गर्ने भएको छ ।
आव ०८१/०८२ का लागी ५६ करोड ५५ लाख ७२ लाख ९ सय ९९ रुपैयाको बजेट प्रक्षेपण गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षमा परिणाममुखी र फलदायी कामहरु गर्ने उल्लेख छ । शिक्षाक्षेत्रको सुधारकालागि माथीबाट होइन तलबाटै सुधार गर्नका लागि दशवर्षे शैक्षिक निति बनाउन तयारीमा लागेको पालिकाले अब शिक्षामा जग बसाउने भएको कार्यक्रममा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार