नेपाली कांग्रेसका युवानेता माओवादी केन्द्रमा


किकोस
दिक्तेल । नेपाली कांग्रेसका युवानेता लालबहादुर (एलबी) मगर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमितिका सदस्य रहेका युवानेता मगरले नेकपा माओवादी खोटाङको पार्टी कार्यालयमा पार्टी प्रवेश गरेका हुन् ।

लामो समय जनता समाजवादी नेपालमा कृयाशिल उनि ०७९ सालदेखी नेपाली कांग्रेसमा गएका थिए । पहिचानको आन्दोलनमा अग्रमोर्चामा रहेर खोटाङ जिल्लाको आन्दोलनमा कृयाशिल रहेका मगरले विभिन्न समयको आन्दोलनको नेतृत्व सम्हाल्दै आएका छन् ।

लोकसेवा आयोगले हटाउन खोजेको समावेशि कोटा विरुद्धको आन्दोलन होस् या किरात प्रदेश नामाकरणको पक्षमा चलेको पहिचानको आन्दोलन होस् प्रत्येक आन्दोलनको अग्रमोर्चामा उनले आन्दोलनको कमाण्ड सम्हालेको अनुभव रहेको छ ।

नेपाली कांग्रेसको नगर समितिमा रहेका उनले कांग्रेसले वर्तमान संघीयता, समावेशीता तथा पहिचानको पक्षमा कहिल्यै आन्दोलनहरुमा आफ्नो स्पष्ट नीति ल्याउन नसक्ने भन्दै आफुले माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । जनता समाजवादी नेपालमा हँदा विद्यार्थीको जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य सम्म भईसकेका मगरले माओवादी केन्द्रसँग अझैपनि जनताको आशा र अपेक्षाहरु जीवितै रहेका विस्वासका पार्टी प्रवेश गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार