सुम्लिखामा यलम्बरकाे शालिक अनावरण

खाेटेहाङ। खाेटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखा स्थित सुम्लिखामा यलम्बरकाे शालिक अनावरण गरिएकाे छ ।  स्थानीय तहमा पर्यटनकाे प्रवर्द्धन गर्नका लागि स्थापना गरिएकाे पार्कमा शालिक राखिएकाे हाे ।

जेठ १७ गते विहिबार भएकाे एक समाराेह विच गाउँपालिका अध्यक्ष उदिम बहादुर राई (मुक्ती) लगायत पाहुनाहरुले   शालिककाे अनावरण गरेका छन् । शालिकमा भएकाे घु्म्टाे खाेलेर गरिएकाे उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्र व्यक्तित्वहरुले शुभकामना दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ बाट निर्माण शुरु गरिएकाे शालिक यस बर्षमात्र निर्माण सम्पन्न भएकाे वडाअध्यक्ष पारस राईले जानकारी दिनु भयाे । “स्थानीय तहमै ऐतिहासिक पार्क बनाउन सक्नु एक सफलता हाे” उहाँकाे भनाई छ ।

गाउँपालिकाकाे निरन्तर सहयाेगबाट निर्माण गरिएका पार्कमा करिब ५० लाख रूपैया खर्च भएकाे छ । यस आर्थिक बर्षमा गाउँपालिकाले शालिक खरिद गरेकाे थियाे । यलम्बर पार्क उद्घाटनसँगै सुम्लिखामा भव्य शिलि प्रदर्शन समेत भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार