वाप्लुखा पूर्ण खोप वडा सुनिश्चित भएको घोषणा

खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाले यस बर्षको पूर्ण खोप वडा सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका १५ महिना भित्र पाउनु पर्ने सबै किसिमका खोपहरु सबैले पाईसकेको सुनिश्चितता गरिएको हो ।

वडा तहका सम्पुर्ण राजनीतिक दल, शिक्षक, कर्मचारी, महिला स्वंय सेविका, आमा समुह लगायतका सरोकारवालाहरुको उपस्थितिमा यसबर्षको पूर्ण खोप वडा घोषणा गरिएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष दिपेन थुलुुङको प्रमुख आथित्यतामा पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम भएको थियो ।

खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखा खोप समन्वय समितिका संयोजक तथा वडा अध्यक्ष पारस राईको अध्यक्षतामा भएको कार्यक्रमको आयोजना खोटेहाङ गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत स्वास्थ्य चौकी वाप्लुखाले गरेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले ल्फेक्स बोर्डमा हस्ताक्षर गर्दै कार्यक्रममा सहभागी भएका थिए ।

यस अघि खोटेहाङ गाउँपालिकाका वडा नम्बर ५ चिप्रिङ, वडा नम्बर ६ इन्द्रेणी पोखरी, वडा नम्बर ८ सिम्पानी र वडा नम्बर ९ लिच्कि राम्चेले पूर्ण खोप वडा घोषणा गरिसेकेको पालिका स्वास्थ्य शाखाका यदुुकुमार बस्नेतले जानकारी दिएका छन् । यो सँगै खोटेहाङ गाउँपालिकाको ५ वटा वडामा यो कार्यक्रम सम्पन्न भईसकेको छ भने ४ वटा वडाहरु बाँकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार