वाप्लुखामा एकदिन आधुनिक अलैँची खेति सम्बन्धि अभिमुखीकरण तालिम सकियो


खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा स्थानीय अलैँची कृषकलाई आधुनिक अलैँची खेति सम्बन्धि एकदिने अभिमुखीकरण तालिम दिईएको छ । स्थानीय हेन्खामा बहुद्धेश्यीय कृषक समुुह खोटेहाङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा तालिम संचालन गरिएको हो ।

गाउँपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा संचालन भएको तालिमा २९ जना अगुवा कृषकहरुको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण खोटेहाङ गाउँपालिकाको कृषि शाखा प्रमुख केशव झा, गाउँपालिका कृषि विकास समिति सदस्य तथा कृषि विज्ञ इन्द्र नाराथुुङ्गे, भगवती दिननाथ माध्यामिक विद्यालयका वालि विज्ञान विषय शिक्षक निशा कार्की र वडा कृषि प्राविधिक श्रीराम खड्काले गर्नु भएको थियो ।

यस बर्षमात्र वाप्लुखाबाट करिब ९७ लाख ५० हजार बराबरको अलैँची निकासी भएको स्थानीय कृषक सुरधन राईले जानकारी दिएका छन् । उमेरले ७३ बर्षिय राईले समेत १ मन अलैँची बेचेको सुनाए । उनले केही बर्ष अगाडिबाट मात्र यसको खेतिका बारेमा जानकारी पाएको भन्दै शुरुवातमा रोपिएको विरुवा सडक खन्दा नोक्सानी भएकाले उत्पादन कम भएको बताए ।

करिब १५ बर्ष अगाडि देखि वाप्लुखा क्षेत्रमा अलैँचीको व्यवसायीक उत्पादनको शुुरुवात भएको भएपनि प्राविधिक ज्ञानको अभावमा जुन पायो त्यहि विरुवा रोपिदै आएको थियो । यसबर्षको एकदिने तालिमका कारण अब भने प्रविधिमैत्रि हावापानी, जल, जमिन र उचाईको आधारमा विरुवा रोप्नुु पर्ने जानकारी पाएको उनको भनाई रहेको छ । करिब चारसय घरधुरी रहेको वाप्लुखाको प्राय सबै घरमा अलैँचीको उत्पादन हुने गरेको छ । मात्रात्माक हिसाबले ५ केजी देखी १२ मन सम्म उत्पादन हुने गर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार