शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम

खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा शैक्षिक उन्नयनका लागि शिक्षण विधि सुधार गर्न एकदिने तालिम सम्पन्न भएको छ । स्थानीय महेन्द्रय माध्यामिक विद्यालय बोम्लुुङको आयोजना र दुुई नम्बर वडा कार्यालय वाप्लुखाको व्यवस्थापकीय सहयोगमा तालिम संचालन गरिएको हो ।

वाप्लुखाभित्र रहेका पाँचवटा विद्यालयका शिक्षक कर्मचारीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागी संचालन गरिएको एकदिने पुर्नताजगी तालिममा ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । भगवती दिननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार पराजुली तथा शिक्षक हरिवंश अधिकारीले सहजीकरण गरेको तालिमले शिक्षकहरुलाई जिम्मेवार बनाउन मद्यत गर्ने आयोजक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिपेन थुलुुङले जानकारी दिएका छन् ।

तालिममा कार्यक्रमका अतिथि वक्ता खोटेहाङ गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ इन्द्रेणीपोखरीका वडा अध्यक्ष वसन्त राईले शैक्षिक सुधारका लागि तालिम कोशेढुुंगा सावित हुने विस्वास व्यक्त गरेका छन् । उनले गाउँपालिकाले शिक्षा क्षेत्रमा लिईएको नीति तथा कार्यक्रमहरुको जानकारी दिँदै तालिमका क्रममा सिकेका कुराहरु पूर्णरुपमा लागुु गर्न सकेमा वाप्लुखामात्र होईन खोटेहाङ गाउँपालिकाको शिक्षा समेत नमुना हुने बताए ।उनले गाउँपालिका लिएको नीतिलाई पूर्णरुपमा कार्यन्वयन गर्न सबैको कर्तव्य रहेको समेत जनाएका छन् ।

यस्तै वडा नम्बर २ वाप्लुखाका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष पारस राईले शैक्षिक क्षेत्रमा शुुरुवात गरिएको पूर्नताजगी गराउने तालिमले शिक्षकहरुमा पढाउनका लागि भोक जगाउन सकिनेमा ढुुक्क रहेको बताएका छन् । वाप्लुखा भित्रको शिक्षा सुधारहुुन सकेमा नुमना वडाको रुपमा स्थापित भएर अन्य वडा तथा स्थानीय तहका सरकारहरुलाई समेत शिक्षा मिल्ने उनको भनाई रहेको थियो ।

कार्यक्रमका अध्यक्ष तथा महेन्द्रदय माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपेन थुलुङले शिक्षा क्षेत्रमा गरिने यी र यस्ता साना साना कार्यक्रमहरुले शैक्षिक सुधारमा महत्वपूर्ण भुुमिका खेल्ने बताएका छन् । आफुहरुले थोरै लगानीमा शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिहरुलाई राखेर संचालन गरिएको तालिमलाई व्यवहारामा कार्यन्वयन गर्न समेत सबैलाई अनुरोध गरेका छन् । थुलुङ वडा नम्बर २ वाप्लुखाका पूर्व वडा अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार