खोटेहाङमा सहकारी शिक्षा, व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि तालिम सम्पन्न


खोटेहाङ । खोटेहाङ गाउँपालिकामा पूर्व सहकारी शिक्षा, सहकारी व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि ६ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको तालिमको आयोजना जिल्ला सहकारी संघ खोटाङले गरेको हो ।
गाउँपालिका भित्रका सहकारीकर्मी तथा सहकारीप्रति रुचि भएका नागरिकहरुको सहभागीतामा भएको तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ती’ ले सहकारी सामुदायीक विकासको आधार रहेको बताउनु भयो । ‘एकतामा बल हुन्छ’ भन्ने उक्तीलाई सम्झदै अध्यक्ष राईले एकले अर्कासँग सहकार्य गर्दै आर्थिक समृद्धीको बाटोमा लम्किन सहकारी आजको आवश्यकता भएको जनाउनु भएको छ ।
साना साना लगानीबाट आय आर्जन गर्नेहरुले सहकारीको माध्यामबाट बचत गर्दै सिँगो आर्थिक हिसाबले मजबुद बन्न सहकारी एकमात्र विकल्प रहेको उहाँको भनाई थियो । उहाँले थोरै थोरै आयश्रोत हुनेहरुको समेत ठुलो समुहमा सामुहिक लगानी गर्ने र सबै मालिक हुने अभियान नै सहकारी भएको बताउनु भएको छ ।
कार्यक्रमको विशेष अतिथि पालिका उपाध्याक्ष रुपेश राईले सहकार्य शब्द आफैमा एकले अर्कासँग मिलेर गरिने कार्य भएकाले यो असफल हुने कुनै शंका नरहेको बताउनु भयो । अहिले केहि खराब प्रवृत्तिका व्यक्तिहरुले व्याक्तिलाभका लागि गरेको आर्थिक अपचलनले सहकारी बदनाम गर्न खोजिरहेको भएपनि साँच्चेको सहकारीले यी सबै प्रवृत्तिको अन्त्य गर्न सक्ने उहाँको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले सहकारीको अवधारणाले व्यक्तिमात्र होईन सिँगो गाउँ तथा पालिका र देश नै सम्पन्न हुन सक्ने औँल्याउनु भयो । गाउँपालिकाको नीति तथा नीयम भित्र रहेर पालिकाको सबै सहकारीहरुसँग सहकार्य गर्न पालिका तयार रहेको समेत उहाँको भनाई रहेको थियो ।
तालिमको व्यवस्थापन खोटेहाङ गाउँपालिकामा स्थापीत अजम्बरी सामुदायीक उपभोक्ता सहकारी संस्था लिमिटेडले गरेको हो । उपभोक्ता सहकारीका अध्यक्ष दिपेन थुलुुङका अनुसार गाउँपालिका भित्रका जम्मा ३३ जना नागरिकलाई तालिम दिईएको छ ।
तालिमको सहजीकरण प्रमुख प्रशिक्षक कविकुमार राई, प्रशिक्षकद्धय मिलन चाहार र इन्द्र नाराथुङगेले गर्नुु भएको थियो । प्रमुख प्रशिक्षक कविकुमार राई लामो समय सामाजिक संघ संस्थाहरुमा विभिन्न विषयको प्रशिक्षण प्रशिक्षक ज्ञाता हुन् भने, चाहार जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष रहेका छन् । यस्तै नाराथुुङ्गे समेत कृषि, सहकारी तथा वित्तिय व्यवस्थापनका ज्ञाता हुन् । समापन कार्यक्रममा जिल्ला सहकारी संघ खोटाङका उपाध्याक्ष जेपी राईको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार