खुल्ला राष्ट्रिय कविता र नपाकेको खिचडी


– भिम राई
खोटाङ । खोटाङ जिल्लामा भएको खुल्ला राष्ट्रिय कविता प्रतियोगिता र दुईवटा दर्शनको विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम नपाकेको खिचडी जस्तो भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको जाम्बाला होटलमा भएको प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव अन्र्तगतको कार्यक्रम नपाकेको खिचडी जस्तै बनेको हो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको साहित्यिक कार्यक्रम अन्तरगतको खुल्ला राष्ट्रिय कविता प्रतियोगिता संचालन गर्ने कार्यक्रममा प्रतियोगितासँगै कविता सुन्ने र सुनाउने कार्यक्रम त रहकै थियो । यसमा खिसा जस्तै चेपिएर आएको किरात दर्शन र जोसमनी सन्त दर्शनको बारेमा अन्तरकृया नामको कार्यक्रम समेत समावेश भएपछि व्यवस्थापन विग्रिएको हो ।

कार्यक्रममा साहित्यिक माहोल बनाउन खोटाङ जिल्लाको अग्रज कवि तथा साहित्यकार जसराज किरातीलाई सम्मान गरिदा निकै भावुक र उत्साहित बनेको माहोलमा दर्शनसँग सम्बन्धित अन्तरक्रियामा आउँदा खस्किनु स्वभाविक थियो । आयोजकको भव्य तयारीमा भएको कार्यक्रममा अन्तरक्रिया भईरहँदा कार्यपत्र भने मौखिक मात्र हुनुुले छक्क पार्नु स्वभाविक थियो । प्रस्तोताहरुले विषयवस्तु त प्रस्तुुत् गर्नु भो तर कुन फेद कुन टुुप्पो ? सहभागीले पत्तै पाएनन् ।

अलिखित कार्यपत्रमाथीको टिप्पणी झन गजब सुनियो । भाषण सुनेर भाषणको समिक्षा गर्दा के दस्तावेजीकरण भयो कुन्नि ? त्यो आयोजकले नै जानुन् । एउटा तीरले दुईवटा शिकार गर्न खोज्दा दुवै शिकार अधकल्चो बन्यो । कार्यक्रमको व्यवस्थापकीय पाटामा जुन सक्रियता थियो त्यो अब्बल नै हो तर त्यहि कार्यक्रमलाई दुईवटा शत्रमा विभाजन गरेको भए राम्रै हुने थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति स्वंय उपस्थित कार्यक्रममा केही न केही गढबड पो भयो की ? भन्ने जस्तै देखिएपनि त्यसो नहोला तर मञ्चमा देखिने केही दृष्यहरु अस्वभाविक लाग्थ्यो । यद्यपी प्रतिष्ठानको कुलपति र सदस्य सचिव तथा विभागिय प्रमुख लगायतको उपस्थितिले उत्साहित बनाएको खुल्ला कविता प्रतियोगिता भव्य त रहेको थियो नै तर मिसमास नभएको भए सुगन्ध नै हुने अपेक्षा आम सहभागीको थियो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा टेम्केतुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक समाज नेपालको सहआयोजनामा भएको कार्यक्रमको खुल्ला राष्ट्रिय कवितामा विभिन्न ८ जिल्लाका १६ जना कविहरु सहभागि छनौटमा पर्नु १४ जनामात्र कविहरुले मात्र आफ्नो कविता वाचन गरेका थिए । काठमाडौँबाट आउने घगडान कविहरुको दमदार प्रस्तुति भन्दा अगाडि सुनसरीका कवि किरण सिवा ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविता पहिलो भएको छ ।

प्रतियोगितमा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान हात पारेको छ । विजेता कविहरुले क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार प्राप्त गरेकाछन् । सबै प्रतिस्पर्धी तथा विजयी कविहरुलाई बधाई छ ।

यस्तै खोटाङमा खोटाङ भन्दा बाहिरबाट आउनु भएका हाईभोल्टेज तथा घगडान अतिथि कवि तथा स्रष्टाहरु, केशव सिलवाल, मिल्सन राई, संगीता थापा, रिमा केसी, देवान किराती, अनिल किरातीहरु सबैले आफ्नो रचना वाचन गरेर सहभागीको समय लिनु भएकोमा धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार