एचएमटि घडि जस्तै माओवादीका नेता कार्यकर्ता

– भिम राई
एचएमटी (HMT) अर्थात हिन्दुस्थान मेसिन टुल्स कम्पनीको नामबाट बनेको एउटा अंश हो एचएमटी घडी ! पहिले पहिलेका इन्डियन लाहुरेले ल्याईदिने महंगो घडी । जसलाई दम दिएपछि मात्र चल्ने गथ्र्यो । २४ घण्टामा एक चोटी मजासँग घुमाउनु पर्ने । त्यसपछि फेरी २४ घण्टा उसले तथ्य समय देखाउँथ्यो । यदी घडीलाई दम दिईएन भने निधाउँथ्यो, सुत्थ्यो । समय हेर्नलाई समय सम्झनु पर्ने घडी थियो त्यो बेला ।

सन १९५३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा जारी गरिएको सबैभन्दा लोकप्रिय मेकानिकल घडी एचएमटी जनता थियो । भारत सरकारले स्थापना गरेको हिन्दुस्थान मेसिन टुल्स कम्पनीले औधोगीक क्रान्तिको शुरुवात गर्न पहिलो प्रयोग गरेका थिए ।

यसपछि निस्केको अर्को घडि थियो सिको फाईभ । जुन घडिलाई नाडिमा बाँधेपछि आफै चलिरहने प्रकृतिको घडि । मानिसहरुले त्यो घडिमा बाँधेर काम गरिरहँदा त्यसभित्र एकप्रकारको पाङ्ग्रा घुम्ने रहेछ । त्यो पाङ्ग्राको साहयताले त्यो घडि २४ घण्टा सम्म चल्दो रहेछ । यदि २४ घण्टा पछि त्यो घडिमा नाडिमा नराख्ने हो भने त्योपनि उहि एचएमटिकै पाराले बन्द हुने रहेछ । यसलाई नाडिमा बाँधेर रातदिन राख्नु पर्ने महँगो घडि । यसको जमनापनि समयसँगै विस्तारै हराउँदै गयो ।

यसपछि शुरु भयो बैट्रिबाट चल्ने घडिको शुरुवात भयो । अर्थात समय हेर्नकालागि प्रविधिमैत्रि घडिहरु बजारमा आउन थाले । सेकेण्ड, मिनेट र घण्टा काँटाको स्थानमा अंकहरु सोझै देखिने घडि बजारमा प्रशस्त आउन थाले । यो समयपनि देखियो ।

अझ पछिल्लो समयमा प्रविधिको विकासले यस्तो दुनियामा पुु¥यायो की ? समयसँगै धेरैकुरा हेर्न र गर्न मिल्ने साधनहरु बजारमा आए । यसरी बजारमा आएको मुख्य साधन हो मोवायल । मोवायलपनि एण्ड्रोइड भर्सनमा प्रवेश गरेपछिको दुनीयाँमा अहिले हामी छौँ । कुनै बेला समय हेर्न घडि, समाचार सुन्न रेडियो, फिल्महरु हेर्न टेलिभिजन, कुराकानी गर्न आवा वा टेलिफोन अनिवार्य थियो । अहिले सबै काम एउटै एण्ड्रोइड फोनमार्फत गर्न सकिने प्रविधि आई सकेको छ ।

तर नेकपा (माओवादी केन्द्र) नेता तथा कार्यकर्ताहरु भने एचएमटी घडि जस्तै बसिरहेका छन् । केन्द्रले चलायो चल्यो । चलाएन सुतेर बस्यो । केही नेताहरुले कार्यक्रम पठायो ग¥यो नत्र जहाँको त्यहिँ । अवसरहरु पाउने बेला भयो ताउर माउर ग¥यो अरुबेला न चासो, न चिन्ता । नेतृत्वको आलोचना ग¥यो । असन्तुष्टिका पन्त्यौरा फुुस्कायो बस्यो । यो अहिलेको आम राजनीतिक कार्यकर्ताभित्र मौलाएको प्रवृति हो ।

यी माथीका पंक्तीहरु नेकपा (माओवादी केन्द्र) का केन्द्रिय अनुशासन आयोगका अध्यक्ष टंक राईले पार्टीले संचालन गरेको तीन महिने अभियानको बेला प्रशिक्षण दिने क्रममा भन्नु भएको हो । पार्टी केन्द्रले जन–जनमा माओवादी घरघरमा माओवादी अभियान चलाउँदा गरिएको कार्यकर्ता परिचालनलाई लिएर यो कुरा आएको हो ।
अहिले पनि पार्टी प्रदेश कमिटिले एक नम्बर प्रदेशमा पुर्वेली संगठन सुदृढिकरण अभियान चलाईरहेको बेला यो भनाई फेरी सान्दर्भिक हुन पुग्यो । यस्ता खाले प्रवृत्तिले न समाजलाई अगाडि लैजान सहयोग गर्छ न व्यक्ति आफै प्रगति गर्न सक्छ । सबै भन्दा घातक रोग नै यो हो कि यसले विस्तारै शुन्यता र निराशा भन्दा पर पुु¥याउँदैन । अब यसलाई जितेर अगाडि बढ्न समय अनुकुल विज्ञान र प्रविधिसँग जोडिएर जानुको विकल्प छैन ।

सिर्जनशिलता र गतिशिलताको आधारमा अब डिजिटल प्रविधिको बहुआयामिक नेतृत्व अबको आवश्यकता हो । यी र यस्ता नेतृत्वको विकासमा जोडदिन हाम्रा राजनीतिक संघ संघठनहरुले नीति तथा कार्यक्रम बनाउने र यसलाई कार्यान्वयन गर्ने तर्फ जोडदिउँ । अन्यथा सबै खरानी हुनुको विकल्प देखिदैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार