खोटाङ यातायातमा सर्वसहमतीले दोहोरिए टेकेन्द्र 

दिक्तेल । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमतीका साथ दोहोरिएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत चयन दोहोराएको हो ।

अधिवेशनले यातायात प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा फडिण्द्र राई, प्रथम उपाध्यक्षमा मिलन विश्वकर्मा र द्धितीय उपाध्यक्षमा कान्छा कार्कीलाई चयन गरेको छ । तेह्र सदस्यीय जिल्ला कार्यसमितिको महासचिवमा रामकुमार हिङमाङ र कोषाध्यक्षमा गोविन्द कटवालसमेत दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।

कार्यक्रममा यातायात प्रा.लि.ले चालकद्धय विज्ञान भुजेल र कृष्णबहादुर तामाङ ‘जीवन’लाई जनही नगद पाँच÷पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । असल चालचलन भएका चालकका रुपमा उनिहरुलाई सम्मान गरिएको हो ।

खोटाङ यातायात प्रा.लि. (तत्कालीन खोटाङ यातायात व्यावसायी सङ्घ) का संस्थापक अध्यक्ष उपिन कुमार राई, सचिव बुद्धिविनोद लुईटेल ‘विदुर’, जग्गादाता विष्णुुकुमार श्रेष्ठ ‘स्याण्डे’ र जिल्लामा पहिलो पटक बस भित्र्याउन सहयोग गर्नुहुने काठमाडौँ महानगरपालिका–३२ जीतबहादुर भारतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रा.लि.ले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई ‘यातायात पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । पत्रकार चिसाङ शेर्पा र सविना अछामेलाई जनही नगद रु पाँच÷पाँच हजार राशीको यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार