सामीले सिकाएको त्यो सिपमा दाेर्पाका राजु

भिम राई
‘सामीको सिप वैदेशिक रोजगारका लागी मात्र होइन जीवनका लागि पनि हुँदो रहेछ भन्ने कुरा बुुझ्न मैले ढिला गरेको रहेछु ।’ शुरुमा बिना तालिम हतारमा विदेश गएर पैसा कमाई हालुम भनेर कतार पुुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाका राजुु श्रेष्ठले सुनाए । २०७० सालमा पहिलो पटक वैदेशिक रोजगारका लागि कतार पुुगेका राजुु हेल्परका रुपमा त्यहाँ पुुगेका थिए । महिनाको ६ सय रुपैयाँ कतारी रियल तलबमा पुुगेका राजुले विदेशमा पुुगेपछि थाहा पाए सिप नहुँदा खेप्नु पर्ने पिडा कस्तो हुुन्छ भनेर । ‘एक त अर्काको देश, न आफुले चिनेको ठाउँ, न आफुले चिनेको मानिस, न आफुले सिकेको काम, खेप्नु पिडा खेपिएन ।’ राजु ुसुनाउँछन् ‘शुरुमा वर्किङ हेल्पर भन्ने कामकालागि कामदार भएर गईयो, त्यहाँ काम प¥यो बाहिर सडकमा सघाउने काम जानेको भापो ?’
उसो त उनी कतारी रियल ६सय वेसिक स्यालरीमा गएका दुुईवर्ष त्यहि स्यालरीमा रहे । पछि काम सिक्दै जाँदा ९ सय ३० रियल सम्मको तलबमा बढाएर थप दुुईवर्ष उहि बसे । पछि केही कुराको सिप, ज्ञान वा तालिम नभएसम्म कुनै प्रगती हुँदैन भन्ने उनलाई लाग्यो । उनि चटक्कै विदेश छाडेर नेपाल आए ।
बुवा सुरेन्द्र श्रेष्ठ र आमा तिर्थलक्ष्मी श्रेष्ठका जेठा छोरा राजु नेपाल त आए तर अब के गर्ने ? उनि अलमलमा परे । २०५० सालमा जन्मेका राजुसँग वैदेशिक रोजगारको मोह भंग भईसकेको त थिएन । तर अब जाँदा विना सिप जाँदा धेरै दुख पाईदो रहेछ भन्ने ज्ञान उहिबाट लिएर आए । स्वदेशमा फर्किएपछि उनलाई निकै पिर थियो अब के गर्ने ?
यसैगरी अलमलमा परिरहेको बेला छिमेकी दाजु मानबहादुर भुजेलसँग उनको भेट भयो । उनले भुजेलसँग उहि गुनासो राखे । मनबहादुर भुजेल सुरक्षित आप्रवासन सामी परियोजना खोटाङका बारेमा जानकार थिए । उनले सामी परियोजनाले भरसक वैदेशिक रोजगारमा नजाने जानै परेपनि कुनै न कुनै सिप सिकेर मात्र सुरक्षित हिसाबले जाने बारेमा कार्यक्रम नै चालाई रहेको सुनाए । यो सँगै वैदेशिक रोजगारमा जानेहरुका लागि निशुल्क सिप सिकाउने व्यवस्था समेत रहेको जानकारी पाएपछि राजुले खोटाङ जिल्ला स्थित सुरक्षित आप्रवासन (सामी) परियोजनाको कार्यलयमा सम्पर्क गरेका थिए ।
परियोजनाले उनलाई काठमाडौँमा भईरहेको सिपमुलक तालिम केन्द्रमा पठायो । उनले त्यहा एक महिना निःशुुल्क सर्टिङ कार्पेन्टरको तालिम लिए । उनले उहि तालिम पछि वैदेशिक रोजगारका लागि फेरी पहल शुरु गरे । उनले दुुबइका लागि एप्लाई गरेको केही समयपछि भिषा आयो । भिषा आईसकेपछि उनी दुुबई पुुगे र काम शुुरु गरे । सिप बिहिन कतार जाँदा ६ सय रुपैया बेसिक तलब पाउने उनी दुुबईमा जाँदा उस्तै हेल्पर नै भएपनि १२ सय रुपैया उनको बेसिक तलब स्केल नै कायम भयो ।
यो तथ्यमा रहेर राजुुले सुनाए । ‘वैदेशिक रोजगारमा कमाउन कै लागि जाने हो । काम जानेमा कमाई हुने हो । हामी नेपालीहरु विदेश पुुगेर दुुईबर्ष त काम सिक्नै लाग्दो रहेछ अनि कसरी कमाउनुु ?’ सिप सिकेर जाने नेपाली कामदारलाई विदेशीहरुले गर्ने व्यवहार र हेर्ने दृष्टिकोण र विना सिप जाने कामदारलाई हेर्न नजर नै फरक रहेको राजुको भोगाई छ । उनले सिप सिकेर गए आत्मसम्मानका साथ काम गर्न सकिने बताए । कामको मेलोपनि राम्ररी समातिनुका साथै ढंगीलो काम गरेपछि ‘न कसैको हेपाई खानुु प¥यो न पेलाई नै भेट्नु प¥यो ।’ उनले सुनाए ।
वैदेशकि रोजगारबाट फर्केर हाल गाउँमै बस्दै आएका राजुले विदेश जानकालागि सिकेको सिप अहिले गाउँमै प्रयोग गर्दै आएका छन् । अहिले पनि गाउँमा उनले काठ फर्निचर सम्बन्धि साना तिना कामहरु गरिरहेका छन् । उनले भने ‘सामीले सिकाएको त्यो सिप त विदेश जानकालागि मात्र होईन रहेछ । त्यो सिपले त गाउँमै पनि मजाले काम दिँदो रहेछ । अहिले पनि म गाउँमै पनि पुर्णरुपमा वेरोजगार छैन । काम त गरिरहेकै छुु ।’
सिप छ भने कोही पनि कहिल्यैपनि भोकले नमर्ने बताउने उनले भरसिलो कमाइको लागि विदेश जाने हो भने पहिलो शर्त सिप र दक्षता प्रमुख रहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सिप सिक्नै पर्ने रहेछ ।’
(सुरक्षित आप्रवासन परियोजना (सामी) ले मिति २०८० माघ १८ गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको पत्रकारहरुसँगको छलफलमा राजुु श्रेष्ठसँग भेट भएको थियो । आफ्नो अनुुभव सुनाएपछि उहाँसँग केही समयको भलाकुसारीपछिको कथा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार