खोटाङमा नेपाल प्रहरीका ३२ जना ज्येष्ठ नागरिकलाई भत्ता

खोटाङ जिल्लामा नेपाल प्रहरीबाट सेवा निवृत्त ३२ जना ज्येष्ठ पूर्वप्रहरीलाई मासिक भक्ता प्रदान गरिदै आइएको छ । प्रहरी सेवाबाट अवकाश प्राप्त ७० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरुलाई नेपाली प्रहरीले मासिक एक हजार रुपैया सेवा प्रदान गरिदै आएको हो ।

नेपाल सरकारले प्रदान गर्दै आएको पेन्सन सुविधा बाहेक नेपाल प्रहरीले प्रहरी कल्याणकोष मार्फत मासिक एक हजार रुपैयाँ भक्ता प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख पुरुषोत्तम खड्काले जानकारी दिनु भयो । .विगत बर्षहरुबाटै यो सेवा लागुु भएको भएपनि यसको प्रचार प्रसारको अभावले सेवाग्राहीहरु सम्म नपुुग्दा अझै गाउँघरमा केही बाँकी रहेको हुन सक्ने उहाँको भनाई रहेको छ ।

हाल खोटाङ जिल्लामा ३२ जना सेवा निवृत्त ज्येष्ठ प्रहरीले सेवा लिदै आएकोमा भर्खरै एकजना थप सेवाग्राहीको प्रकृया अगाडि बढाईएको छ । केही दिनमै उहाँको कागजपत्र आईपुुग्छ त्यसपछि खोटाङमा ३३ जना ज्येष्ठ पुर्व प्रहरी रहनु हुने छ ।

अझै गाउँवस्तिमा यो सेवा सुविधा लिन पाउने पूर्व प्रहरीको खोजि गर्ने कार्यक्रम नै तय गर्दै अगाडि बढाईने प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो । यो सुविधा प्राप्त गर्न सेवाग्राहीले आफ्नो पेन्सन पट्टाको फोटोकपी, नागरिकताको फोटोकपी र दुुईप्रति फोटो लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार