बाक्सिलामा ३० औँ दुुमी दिवस सम्पन्न (फोटो फिचर सहित)

किकोस,
केपिलासगढी, २४ आईतबार ।
खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलामा ३० औँ दुमी दिवस मंसिर २३ गते सम्पन्न भएको छ । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको प्रमुख आथित्यतामा सम्पन्न भएको स्थापना दिवसका अवसर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
मौलिक नृत्य मारुनीको समेत प्रदर्शनी सहित भएको कार्यक्रममा दुमी वंशभित्रका नक्छो, तायामी तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । दुमी वंशमा रहेका विभिन्न ठाउँका कुुबी तथा सेले नोक्छो नोक्छोका ताया तथा ज्येष्ठ पुर्खाहरुको वृहत उपस्थितिमा भएको कार्यक्रममा स्थानीय दुमीराईहरुको साकेला नाचको समेत प्रस्तुुती रहेको थियो ।
खोटाङ जिल्लाको माक्पा, खार्मी, सप्तेश्वर, बाक्सिला लगायत धनकुटा देखि समेत कार्यक्रममा दुमीजनहरुको उपस्थिति रहेको थियो । दुमी किरात राई फन्सिक्किमको २०५० सालमा स्थापना भएको हो ।
मंसिर २३ गते विहान सामुहिक चुलाघरमा सुुंगुर काटेर छोर्सू पोलेसँग कार्य शुरु गरिएको हो । दिवसको अवसरका यसक्षेत्रमा लोपहुन लागेको छ समुहले मारुनी नृत्य प्रस्तुुत् गरेका थिए ।
माक्पा मारुनी सखि समुह, निरुटा खार्मी मारुनी सखि समुह, चप्लेटी सप्तेश्व मारुनी सखि समुह, चोखुम मारुनी सखि समुह, सिपुुलुुङ मारुनी सखि समुह र दशकते मारुनी सखि समुहले मौलिक मारुनी प्रदर्शनमा सहभागी भएका थिए ।
सहभागी समुहलाई आयोजकको तर्फबाट सम्मान पत्र तथ केही नगद सहित सम्मान गरिएको थियो । दुमी राईहरुको आफ्नै अवधारणामा बनेको इसिलिम अंकित टोपी, पछ्यौराहरु समेत प्रयोग गरिएको कार्यक्रममा फन्सिक्किमका संस्थापक अध्यक्ष तथा संरक्षक चतुुरभक्त राई र जानुका राईले रु एकलाख एक रुपैयाको अक्षय कोष समेत राख्नु भएको छ । उक्त अक्षयकोषको व्याजबाट दुुईजना प्रतिभावान दुमी राईहरुलाई पुरस्कृत गरिएको छ । फन्सिक्किमका केन्द्रिय अध्यक्ष डा. नेत्रमणी राईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
फोटो फिचर सहित…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार