अनावश्यक तार हटाउन दिक्तेलमा अनुगमन

किकाेस ।
खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार क्षेत्रमा अलपत्र तानिएका बेकामे तारहरु हटाउन सोमबार अनुगमन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईको नेतृत्वमा प्रहरी नायव उपरिक्षक लगायत जिल्ला स्थित तार प्रयोग गर्ने कार्यालय र कम्पनिको सहभागितामा बजार अनुगमन गरिएको हो ।
दिक्तेलबजारको विभिन्न स्थानमा विनाकाममा लत्रिएका तारहरुको कारण बजार कुरुप देखिनुका साथै आगलागीको उतिकै संभावन रहेको भन्दै नगरपालिकाले तार हटाउने अभियान शुरु गरेको छ । जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनिहरु टेकमाईन, सुविसु लगायतले तत्काल तार हटाउनु पर्ने नगरको भनाई रहेको छ ।

अनुुगमनका क्रममा देखिएका काम नलाग्ने तारहरु तत्काल हटाउन र नहटाएमा नगरपालिका आफैले हटाउने तर उक्त तार हटाउँदा लाग्ने खर्च सम्बन्धित कम्पनीले बेहोर्नु पर्न नगर प्रमुख भट्टराईले बताउनु भयो । ‘हाम्रो रहर, सुन्दर नगर’ भन्ने नाराका साथ यो अभियान शुरु गरिएको उहाँको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार