दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कुरुप बनाउने तारहरु हटाउने तयारी

lbQm]n gu/kflnsf . tl:a/ M 8Da/l;+ /fO{

दिक्तेल,
दिक्तmेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरलाई सुन्दर बनाउन यत्रतत्र छरिएका काम नलाग्ने तारहरुको व्यवस्थापन गर्ने भएको छ । नेपाल टेलिकम , नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न इन्टरनेट प्रदायक कम्पनिहरुको तार दिक्तेल बजारमा यत्रतत्र रहेकाले नगर सुन्दरता विग्रिएको भन्दै यसलाई हटाउन नगरले पहल शुुरु गरेको हो ।

खोटाङ जिल्लामा रहेको विद्युुत, इन्टरनेट तथा टेलिफोनको तारहरुले बजारको सौँदर्यतालाई कुरुप जस्तै बनाएपछि यो अभियान थालिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा संचालनमा आईरहेको इन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई तत्काल काम नलाग्ने तारहरु हटाउन पत्रचार गरिसकेको छ ।

खोटाङ जिल्लामा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, टेकमाईन, सुविसुु लगायतका कम्पनिहरुले बजारमा तारहरु जोडेका छन् । नगरपालिकाले यस अघि नै यी सबै कम्पनिहरुलाई पत्रचार गरेर व्यवस्थापन गर्न भनेको छ । तर केही कम्पनिले केही जवाफ नदिएपछि नगरपालिका आफैले नगरप्रति अनुदार हुने् तथा बेवास्ता कम्पनिहरुको बजारमा झोलिएका तारहरु काट्ने तयारी गरेको छ ।

नगर प्रमुख भट्टराईका अनुसार नगरापालिकाले पठाएको पत्रप्रति अनुुदार हुने बेवास्ता गर्नेलाई आवश्यक कार्यबाहीको प्रकृया समेत अगाडि बढाईने छ । यस मध्ये नेपाल टेलिकमले १० दिनको समय मागेको पनि प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार