खोटाङको जालपामा माओवादी केन्द्रको वडा स्तरीय पार्टी स्कुलिङ सम्पन्न

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपामा नेकपा (माओवादी केन्द्र) को विशेष अभियान अन्तर्गत वडा स्तरी पार्टी स्कुल संचालन भएको छ । मंसिर ९ गते शनिबारका दिन नेकपा (माओवादी केन्द्र) नेता तथा ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य अग्रज प्रतिमान राईको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।

जालपा स्थीत वडा पार्टीका विभिन्न टोल समितिका अगुवा कार्यकर्ताहरुको विशेष उपस्थितिमा पार्टी स्कुल संचालन गर्न आयोजना वडा पार्टी कमिटिले गरेको हो । वडा कमिटिका अध्यक्ष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दानबहादुर राईले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

पार्टी स्कुलमा नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटि सदस्य तथा नगरपालिका इन्चार्ज होमकाजी आचार्य विनोद, प्रदेश सदस्य तथा नगरपालिका सह–इन्चार्ज विकास राई, पार्टीका प्रदेश सदस्य तथा खोटाङ पार्टी स्कुल विभाग संयोजक टंक थापा र पार्टी प्रचार विभाग संयोजक तथा प्रदेश विभाग सदस्य भिम राईले विभिन्न विषयमा कक्षा संचालन गर्नु भएको छ । राजनीति, संचार माध्याम र सामाजिक सञ्जालको प्रयोग, अभियानको औचित्यता र स्थानीय तहमा रहेको कानुनी व्यवस्थामा हाम्रो भुमिका, दर्शन शास्त्रको परिचय र माक्र्सवादी दर्शन, पार्टीको संगठनात्मक कार्यदिशा तथा राजनीतिक कार्यदिशाको बारेमा स्कुलिङ गरिएको वडा कमिटि अध्यक्ष दानबहादुर राईले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार