देउकृष्ण लिंखा याक्खाको निर्देशनमा भुँई सोरी… (भिडियो सहित)


युवा चर्चित निर्देशक तथा सिनेमेटो ग्राफर देउकृष्ण लिङ्खा याक्खाको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘भुँइ सोरी…’ हालै सार्वजनिक भएको छ । पद्मा लिङ्खा मगरको शब्दमा रहेको गीतमा संगितकार शान्तिराम राईले संगीत भरेका छन् ।

पद्मा लिङ्खा मगरको अफिसियल युुट्युुव च्यानलबाट सार्वजनिक भएको सांस्कृतिक शब्द ‘भुुँइ सोरी…’ लाई गायीका अनुु चौधरी र गायक न्युुसन राईले स्वर दिएका छन् ।

विमला लिम्बु र जान राना ‘सञ्जिव’को अभिनय रहेको गीतको ऐरेन्जीङ देवेश राई र रेकडिस्ट योगेन मुकारुङ राईले गरेका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको कोरियो ग्राफी सुरेश राई याक्खाले गरेका हुुन् ।

गीतमा केइ लाक (च्याब्रुङ्ग नृत्य) तालको नेतृत्व जिवन देवान र साङ्गदाङाराङमा लाक (डोकेनी नृत्य) सल्लाकार ईन्दीरा जिमी र गोमा याक्खा जिमीले गरेका हुुन् । याक्खा राईहरुको विशेष संस्कृतिमा आधारित म्युुजिक भिडियोलाई दिपावली विशेष मनपराईएको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार