एसेलुखर्कमा एक दिने माओवादी स्कुल संचालन


नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटिले पालिका स्तरीय आधारभुत तहको स्कुुल संचालन गरेको छ । कातिक २१ गते मंगलबारको एसेलुखर्क गाउँपालिका ५ किरात संग्राहलय धिनुडाँडामा संचालन गरिएको स्कुुलमा पालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आथित्यमा सम्पन्न भएको पार्टी स्कुुलमा पाँच जना प्रशिक्षकहरुले फरक–फरक विषयमा प्रशिक्षण दिनु भएको छ । पार्टीको राजनीतिक वैचारिक कार्यदिशाका बारेमा केन्द्रिय सदस्य ङिमा तेण्डुप शेर्पा, पार्टीको संगठनात्मक कार्यदिशाका बारेमा प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, स्थानीय तहमा हुने गतिविधी र कानुनी व्यवस्थाका बारेमा प्रदेश सदस्य विकास राई, माक्र्सावादी दर्शनका विषयमा टंक थापा र राजनीतिमा सूचना, संचार र सामाजिक सञ्जालको विषयमा प्रेस सेन्टर नेपालका केन्द्रिय लेखा आयोग सदस्य भिम राईले प्रशिक्षण दिनुभएको छ ।

जिल्ला इन्चार्ज चम्पा कार्की ‘आशा’काे समेत उपस्थितीमा भएको पार्टी स्कुलमा ऐसेलुखर्क गाउँपालिकाको ७ वटै वडाका अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समापनमा सहभागीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको कार्यक्रमको बन्दोवस्त नेकपा माओवादी केन्द्र एसेलुखर्क ५ नम्बर वडा कमिटिले गरेको कार्यक्रम संयोजक बलभद्र राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार