सुुङ्देलमा सुक्यो अलैचि, उत्पादनमा कमि

तस्विर सौजन्य : भुपिन्द्र कोयी

खोटाङ जिल्लाको अलैँचि निकासी गर्ने महत्वपूर्ण मानिएको केपिलासगढी गाउँपालिका ७ सुुङ्देलमा यसबर्ष अलैँचि उत्पादनमा कमि आएको छ । बर्षेनी करिब ६ सय मन अलैँचि निकासी गर्ने गरेको सुुङ्देल क्षेत्रमा यसबर्ष बोट खुुईलिने रोगले उत्पादनमा कमि आएको हो ।

गत आर्थिक वर्षको तुुलनामा यसबर्ष करिब ६० प्रतिशत भन्दा बढी अलैचिको उत्पादन घटेको स्थानीय कृषक भुपिन्द्र कोयीले जानकारी दिनु भयो । उहाँका अनुुसार गतबर्ष सुुङदेलबाट करिब ६ सय मन भन्दा बढी अलैचि बाहिरिएको थियो । ‘शुरुमा बोट राम्रै थियो पछि फूूल खेल्ने बेलामा एक्कासी पात ओइलाउने, सुुक्ने समस्या आएपछि खत्तम नै भयो’ कोयीले सुनाउनु भयो ।

गतबर्ष मात्र २३ मन बढी अलैचि उत्पादन गरेकोमा यसबर्ष ९ मन भन्दा बढी उत्पादन गर्न नसकेको उहाँको गुुनासो रहेको छ । कोयीको मात्र यस्तो समस्या नरहको श्री सुुर्य मावि सुुङ्देलका प्रधानाध्यापक ललितचन्द्र राईले बताउनु भयो ।

स्थानीय किसानहरुले अलैचि बेचेर आफ्नो जिविको पार्जन गरिरहेको अवस्थामा एक्कासी उत्पादन घट्दा समस्या आएको केपिलासगढी ७ सुुङ्देलका वडा अध्यक्ष तेजकुमार राईले जानकारी दिनुु भयो । ‘अँलैची बेचेर धानचामल, नुुनतेल खाँदै आएका किसानहरु बढो मार परेको छन् ।’ उहाँको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार