महिला पुरुष खेलाडीलाई समान पुरस्कार राखेर बाक्सिलामा भलिवल प्रतियोगिता हुँदै

 

खोटाङ जिल्लाको केपिलासगढी गाउँ पालिका वडा नम्बर ४ बाक्सिला वडा कार्यलयले भलिवल प्रतियोगितामा महिला पुरुष पुरस्कारमा समभाव सिर्जना गरेको छ । दिपावली २०८० को नजिक गराउन लागेको महिला पुरुष भलिवल प्रतियोगितमा वडा कार्यलयले समान पुरस्कार राशी राखेर खेल खेलाउन लागेको हो ।

आगामी कातिक २० गते देखि २२ गते सम्म हुने खेलमा महिला तथा पुुरुष भलिवलका लागि पहिलो पुरस्कार ४० हजार रुपैयाँ साथमा मेडल, कप तथा प्रमाणपत्र रहेको छ । दोस्रो पुुरस्कारको रुपमा ३० हजार सहित मेडल, प्रमाणपत्र र सेमि फाईनलिस्ट टिमलाई रु १० हजार तथा मेडल प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । यस्तै खेलमा विधागत खेलाडीहरुलाई समेत उचित पुरस्कार रहेकोछ ।

केपिलासगढी गाउँपालिकाको वडा स्तरिय भलिबल प्रतियोगितामा महिला र पुरुषमा विभेद नगरी खेल खेलाउन समनताको एक प्रतिक भएको वडा अध्यक्ष खड्ग बहादुर तामाङले जानकारी दिनु भयो । केपिलासगढी गाउँपालिकामा रहेका ७ वटा वडाको १६ भन्दा बढी टिम सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार