मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्धुुमी ज्ञानको श्रोत नछुुङ र चिन्ता (फोटो फिचर सहित)

-भिम राई

मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका अन्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको चिन्ताले मुुन्धुमी ज्ञानको क्षेत्रलाई फैलाएको छ । मुन्धुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको ज्ञान सिप र कलालाई समेत संरक्षण गर्न खोटाङ जिल्लाको सदरमुकाममा दुुई बेलुकी फरक फरक धामी बसाईएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनुु आर्ट ग्यालरी काठमाडौँको सहकार्यमा भएको मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा भाग लिन आएका पाहुनाहरुलाई मुन्धुमको विषयमा अझै बुुझ्न मद्यत पुु¥याउन चिन्ता राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटनलाई प्रर्वद्धन गर्न आयोजना गरिएको कार्यक्रममा स्थानीय ज्ञान, सिप, कला तथा संस्कृतिको प्रवर्दन तथा प्रचार प्रसार गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिएका छन् ।

नछुुङको भिडियो गर्दै पाहुनाहरु

विशेषत नेपाली संस्कृतिमा ज्ञानको अथाह भण्डारको रुपमा रहेको मुन्धुमी ज्ञानको श्रोतका रुपमा अग्रज पूर्खाहरु र धामी झांक्रीहरुलाई नै मानिदै आएको छ । यसरी मानिदै आएको ज्ञानको श्रोतलाई विदेशी पाहुनाहरुको विचमा प्रस्तुत गर्न आफैमा गौरवको कुरा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनु हुुन्छ् । उहाँले नगरपालिकाकै पहलमा पहिलो दिन ब्राम्हाण कुलमा जन्मेका तर किराती मुुन्धुम गाउने धामी र दोस्रो दिन किराती कुलमा जन्मिएका विजुवा बोलाएर चिन्ता राखिएको सुुनाउनु भयो ।

चिन्ता सकिएपछि सामुुहिक तस्विर खिचाउँदै धामी, नगर पदाधिकारी र पाहुनाहरु

झट्ट सुन्दा नगरपालिकाले चिन्ता किन राख्यो ? भन्ने लाग्न सक्ने भएपनि यो समाजको एउटा अभिन्न अंग भईसकेकाले पनि आवश्यक रहेको मेयर भट्टराईको बुुझाई रहेको छ । यसो त उहाँले मुन्धुुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको नाम दिएर मुन्धुमी ज्ञानको श्रोतलाई नल्याउने हो भने मुन्धुम भन्ने शब्दमाथी नै अन्याय हुने भएकाले यसो गरिएको बताउनुु हुुन्छ ।

धामीले खेवा तर्नुु अगाडि भाडा दिदै एक विदेशी पाहुुना

यस्तै नगरपालिकाका उपमेयर विसन राईले किरात राई संस्कारमा मात्र नभई नेपालीहरुको संस्कारमा समेत मुन्धुुमी दर्शनको प्रत्यक्ष प्रभाव रहेको बताउनुु हुुन्छ । नगरपालिकाले यस्तो अवसरको खोजि गरिरहेको बेला यस पटक बल्ल धामीहरुको सम्मान गर्ने अवसर जुरेकोमा पनि उहाँले खुशी व्यक्त गर्नु भयो ।

ढोलमाथी बसेर चुरी गर्दै नछुुङ धनिराम राई

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको बिचमा खोटाङ जिल्लामात्र नभई विस्वमा भईरहेको मुन्धुमी ज्ञानको प्रचारमा नगरपालिका एक कदम अगाडि बढेको उपमेयर राईको दावि छ । यहि दाविलाई पुष्टि गर्न दोस्रो दिन चिन्ता बस्नु भएको मुुन्धुमी ज्ञानका श्रोत नछुुङ धनिराम राईले चिन्ता सकिएपछि आफुुले देशमा मात्र होईन विदेशमा समेत जोखना हेर्न सकेको बताउनुु भयो । उहाँले भन्नुु भयो विज्ञानको दुनीयाँ फरक दुुनीया होला तर विज्ञानले देख्न नसकेको कुरा धामीहरुसँग रहेको बताउनुु भएको छ ।

ढोलमाथी लिसो खेलाउँदै नछुुङ

विज्ञानले तर्क र तथ्यले प्रमाणित गर्ने भएपनि धामीहरुले कथ्य र यर्थात परिणामले प्रमाणित गर्न सक्ने उहाँको दावि छ । उहाँले आफ्नो चिन्तामा आउने सबैको जोखना हेरेको भन्दै विस्वमा माटोको अस्थित्वमाथी संकट शुुरु भएको बताउनुु भएको छ । माटो अर्थात हैखामाले थेग्न नसक्नेगरी प्रलयहरु आउन थालेको बाढी पहिरो, असिना पानी जस्ता कुराहरुको प्रभाव बढेको बताउँदै विज्ञानले जलबायुु परिवर्तनलाई आधारमाने पनि यो सबै मानवीय कारण नै यसो हुँदै गएको उहाँको तर्क थियो ।
यस्तै उहाँले नगरपालिका भित्र हुने धेरैकामहरु राम्रै गरी अगाडि बढ्दै गएपनि यसको नेतृत्व गर्नेहरुले होसियारी अपनाउनु पर्ने तथा सचेततापुुर्वक निर्णयहरु गर्न समेत सुुझाव दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार