‘गरे के ? हुँदैन ।’ भन्ने उदाहरण बने कदुवाका कार्की दाई !

सोलुु, २२ शुक्रबार / खोटाङ जिल्लाको सदरमुुकामबाट काठमाडौँ तर्फ छुुटेको गाडी करिब ५८÷५९ किलो मिटर हिँडेपछि भेटिने ठाउँ कदुुवा । कदुवामा कार्की दाईको लस्सि पसल छ । हलेसी तुवाचुुङ नगरपालिका वडा नम्बर १ बाहुनी डाडाँको कदुवामा पर्ने लस्सि पसलको संचालक हुन फौदसिँ कार्की । सात वर्ष अगाडिबाट लस्सि पसल शुुरु गरेका कार्की दाईको मासिक कमाई आठ देखि नौलाख रुपैया सम्म छ भन्दा पत्याउन गारो छैन । उनले लस्सिको अलवा विभिन्न जेरी, पुरी, पेडा तथा अन्य किसिमका खाजा सेटका साथमा विशेष गरेर फलफूलहरु ग्राहकलाई बेच्ने गर्दछन् ।

छ सात बर्ष पहिले बहुलाह जस्तै छरपष्ट व्यापार गर्ने गरेका कार्कीदाई के गरेनन् ? सबै गरेको सुनाउँछन् । उनले व्यापारका हिसाबले जे भेटायो त्यहि बेच्ने काम गरे । पछिल्लो समयमा उनले भुुगोल अनुुसार केरा खेतिमा चासो बढाए । शुुरुमा उनले स्थानीय जातकै केराहरु संकलन गर्ने र आफैले पालेको भैँसीको दुधलाई दहि बनाएर लस्सि बेच्न थालेका थिए । गडतिरको ठाउँ, गर्मिको उतिकै चाप यस्तोमा उनले चिसो लस्सि बेच्न थालेपछि विक्रि नहुने प्रश्नै रहेन । उनको लस्सि व्यापार विस्तारै फस्टाउन थाल्यो ।

लस्सिको व्यापार फस्टाउन थालेपछि उनले शिरु घाँस जस्तो केरा विरुवा ल्याएर ७ रोपनी जग्गामा रोपे । शिरु घाँस जस्तो सानो विरुवा ल्याएर बारीमा रोप्दै गर्दा गाउँलेहरुले उनलाई पागलपनको संज्ञा दिए । ‘केराको बोट भनेको छ शिरुको घाँस रोपेकोछ’ यसो भन्ने थुुप्रै भए । कार्कीदाईले हाँस्दै सुुनाए । ‘तर मलाई थाहा थियो त्यो केरा १ बर्षपछि नै फल्ने छ ।’ उनि चुपचाप आफ्नो व्यवसायमा लागे । हेर्दा हेर्दै उनले रोपेको अर्को बर्षदेखि केराले आम्दानी दिन थाल्यो । विलियम हाईब्रिड (जाहाजी) जातको केराको विरुवा रोपेका उनले गाउँलेहरुकै अगाडि केरा फलाएर देखाए ।

यसपछि उनले स्थानीय जातको केरासँगै जाहाजी केराको समेत लस्सि बेच्न थाले । यो सँगै उनको पसलबाट शहर बजार तिर कोशेलीका रुपमा केराको काईयो काईयो जान थाल्यो । उनले अरुतिरपनि केराको खेति गर्न प्रोत्साहित गरे । उनले आफ्नो मात्र उत्पादन नभएर अरुको उत्पादन समेत खरिद गरेर बेच्न थाले । पछिल्लो समयमा उनले आफ्नो पसलमा गाउँलेहरुले जुनसुुकै खालको फलफुुल भएपनि किनिदिन थालेपछि त्यस क्षेत्रको किसानहरुले पनि उत्पादन बढाउँदै लगे । ‘मेरोमा जे कुरा ल्याएपनि समानको उचित मुुल्य दिएर लिई दिन्छुु, अलि अलि नाफा राखेर सस्तैमा बेचिपनि दिन्छुु’ उनले भने । उनले आफुले ग्राहकरुलाई नियमित सेवा दिन अभाव हुन नदिनु पहिलो शर्त रहेको बताउँदै ग्राहकहरु भगवान भएका छन् ।

शुरुमा परिवारको दुुईजनाले चलाएको पसलमा ग्राहकरुको चाप बढेसँगै काम गर्ने मानिसपनि थप्नु पर्ने नै भयो । उनले चलाएको लस्सि पसल विस्तारै गाडीमा सवार यात्रुहरुका लागि खाजा खाने होटलका रुपमा परिणत भएको छ । दैनिक उनले २५ देखि ३० हजार रुपैयाँको व्यापार गर्न थालेका छन् । हाल उनको परिवार ४ जना सहित बाहिरको ३ जनालाई मासिक तलब दिएर रोजगारी समेत प्रदान गरेका छन् ।

उनले गरेको संघर्ष र सफलता देखेर उनका छिमेकी तथा आफन्तहरुले गरे के हुँदैन रहेछ र भन्न थालेका उनको भनाई छ । उनी सामाजिक काममा पनि उतिकै जान्छन् । सबैसँग मिलिजुुली व्यापार गर्दा गाउँको पैसा गाउँमै राख्न सकिने उनको तर्क छ ।

– भिम राई खोटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार