माङ्सेबुङ गाउँ पालिकाको सुुन्धुवा खोला र जंगलभित्र लुकेको जीवन

झापाको दमक नगरपालिकाबाट केही उकाली लाग्दा बेलडाँगीको बहुचर्चित भुटानी शरणार्थीको क्याम्प बसेको ठाउँ । भुटानबाट खेदिएर आएपछि वस्ति बसालेको बेलडाँगी शरणर्थी क्याम्प कुनै बेला गुलजार शहर जस्तै बनेको थियो । नेपाली भाषी भुुटानी समुुदायलाई त्यहाको सरकारले खेदेपछि उनिहरु हाफ्नो पितृदेश नेपालमा शरण लिन आएका थिए । उनै शरणार्थीहरुलाई पछि आफ्नो देशमा लैजान तयार भएपछि धेरै जसो अमेरिका गईसकेका छन् । सबै शरणार्थीहरु अमेरिका तर्फ गएपछि बेलडाँगीको शरणार्थी क्याम्प खालि भएको छ । अहिले बेलडाँगी पहिलेकै जस्तो घना जंगल फैलिने क्रममा छ । सबै तीर मसिना विरुवा र झोरघारीमा परिणत भएको छ ।

यहि बेलडाँगीको जंगल छिचोलेपछि आउने ठाउँ हो चप्लेटी । चप्लेटी भनिने सानो वस्ति रहेको छ । पहिले बगरको विचमा केही छाप्री पसलहरुमा केही थान गिलास, केही थान हलङु्गेको बटुका, केही घ्याम्पा भातीजाँड, केही बोक्त खुदीको रक्सी अनि हाटको दिन पारेर रांँगा सुँगुरको भुटुवा पाउने बजार । अहिले नाम संशोधन भईसकेछ । जसलाई चपेटीमात्र भनिदो रहेछ । सायद नाम परिवर्तन गर्न र अस्तित्व मेटाउन कुनै बाठाले यसो गरे होलान् । चप्लेटी कुनै मिलेको ठुलो ढुँगा वा पहरा हो । सायद यो नामले त्यहाँको केही पहिचान बोकेको हुँदो हो । नजिकैबाट उर्लदो रतुवा खोला बगिरहेको छ । बगरमा रहेको सानो वस्ति स्वभाविक रुपमा रतुुवाको किनारामा भएको चप्लेटी ढुुँगाकै कारण बचेको देख्न सकिन्छ । त्यो तल्लो भागमा किनाारामा चप्लेटी ढुुँगा नहुँदाको हालत पुरै बगर बनि सकेको छ । निकै ठुलो फाँट बगरै बगर रहेको ठाउँको सानो भागलाई मात्र रतुवा खोलाले कसरी बचायो ? चपेटी नाम राख्नेहरुले नै जानुन् । एउटा ढुँगाको पहिचान त दिन नसक्ने हाम्रो समाजले अरु पहिचान के देलान् र ?

रतुवाको उर्लदो त्यो वैस र उपद्रो हेर्न दमक बजारबाट पूर्वमा रहेको रतुवा खोलाको पुलमा चढेपछि थाहा हुने नै भयो । यहि रतुवा इलामको माथील्लो भागबाट उर्लेर आउने गर्दछ । उता चप्लेटी भन्दा अलिकति माथीबाट रतुवाको शाखा बनेर झर्नै खोला हो सुन्धुवा ।

सुुन्धुवा खोलाको शिर खासै लामो त छैन तर यसको विठ्याईपनि कम छैन । चुलाचुली क्षेत्रको विच भागबाट बग्ने सुुन्धुवाले सबै वस्तीलाई छुट्याएको छ । एक थुम्को एक घर जस्तै बनाएको छ । जंगलै जंगलको विचमा एक डाँडौ एकघर भित्र मानव जीवनलाई लुकाएर राखे जस्तो सुुन्धुवाको बगाईले छेकको छ । लारुम्बाको आसपास हुँदै झरेको सुन्धुवाको वारीपारी निकै बाक्लै घरहरु त छन् । तर एक घरबाट अर्को घरको दुरी कम्तीमा १५ मिनेट देखि आधा घण्टा हिँडनै पर्छ । सुुन्धुवा खोलालाई कम्तिमा ३ ÷४ पटक तर्ने पर्छ ।

इलाम जिल्लाको माङसेबुुङ गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने त्यहाको नागरिक ओझेलमा छन् । माङसेबुुङ गाउँपालिकाको कार्यालय इभाङ पुुग्न यहाँबा सक्नेलाई चार घण्टा मरेर लाग्छ । यहाँ सडक त हुने कुरै भएपनि बिजुली बत्तिको समेत अभाव छ । पातलो वस्ति र भौगोलिक विकटता यसको प्रमुख कारण त छँदैछ । तरपनि त्यस क्षेत्रबाट पटक पटक माननीय भईगएका देशमा दुई÷दुुई पटक सभामुख भईसकेका हाल पनि नेकपा एमालेको संघीय संसदको संसदीय दलको उप नेता रहेका सुुवास नेम्वाङले केही नगरेको गुनासो त्यस भेगको मानिसको रहेको छ ।

पटक पटक भोट माग्न आउँदा सपनाको खोला बगाएका नेम्वाङप्रति स्थानीय समुदायको धारणामा परिवर्तन आउन थालेको छ । यस क्षेत्रमा सबैको नाम नामेसीमा जग्गाको लालपुुर्जा छैन । ओइलानी जग्गाको भोग चलन किनबेच हुँदै आईरहेका छन् । पचासौँ बर्ष अगाडि देखि यसक्षेत्रमा घर जग्गा बनाएर वसोवास गर्दे आएकाहरुले यसलाई आफ्नै थात थलो मान्दै आएपनि जग्गाको लालपुुर्जा प्राप्त गर्न नसक्दा सरकारप्रतिको विस्वास गिर्दो छ ।

नेपालकै विभिन्न भुु–भागबाट बसाई सरी आएका उनिहरुको नागरिकताको ठेगना उहिठाउँको छ । छोरा छोरीको नागरिकता, मतदाता परिचय पत्र, राष्ट्रिय परिचय पत्र लगायतमा ठेगाना उहि वसोवास गरेकै ठाउँको भएपनि उनिहरुसँग जग्गाधनिको मान्यता दिने लालपुुर्जा सरकारले दिन सकेको छैन । पटक पटक पहल गर्छुु भन्ने नेताहरुले यसको बारेमा सदनमा चुँ सम्म नबोल्दा आफूहरुलाई धेरै गुनासो लागेको त्यस क्षेत्रको वासिन्दाहरुले दुखेसो पोख्छन् । उनिहरुलाई अहिले सडक, बत्ति, भन्दा पहिले लालपुुर्जा चाहिएको छ ।

यो कहिले पुरा हुुन्छ सरकार ? उनिहरुको तर्फबाट मैलेपनि फेरी एक पटक प्रश्न दोहो¥याँए ।
– भिम राई
इलामबाट फर्किएपछि इटहरी बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार