आदीवासी जनजाती महासंघ खोटाङको भवन शिलान्यास

 

दिक्तेल, २४ साउन÷ नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले २९ औ विश्व आदीवासी दिवसको अवसर पारेर आफ्नै भवनको शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न २ थामखोरेमा भवनको शिलान्यास गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई र उप–प्रमुख विसन राईले भवनको संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ । आदीवासी जनजाती महासंघले भर्खरै प्राप्त गरेको जग्गामा नगरपालिकाकै अनुदानबाट भवन निर्माण स्थलको जग्गा सम्याईएको थियो ।

महासंघको जिल्ला स्तरीय नेतृत्वको उपस्थितिमा भएको कार्यक्रममा आदीवासी जनजाती महासंघको २९ औ आदीवासी दिवसको अवसरमा शुुभकामना आदान प्रदान कार्यक्रम समेत भएको छ । थामखोरे डाँडा स्थित महासंघको कार्यालयमा भएको औपचारिक कार्यक्रम शुुभकामना आदान प्रदान कार्यक्रमलाई नगरपालिकाका उप–प्रमुुख विशन राईले संम्बोधन गर्नु भएको छ ।

भवन शिलान्यास सँगै भएको कार्यक्रममा बोल्दै उप–प्रमुख राईले  भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । आदीवासी जनजातीहरुको बृहत एकताले मात्रै मुलुकको परिवर्तनसँगै अगाडि बढ्न सकिने उहाँको भनाई रहेको थियो ।

जिल्ला समन्वय परिषदका अध्यक्ष फूर्वा शेर्पाको सभापतित्वमा भएको आदीवासी जनाजाती जिल्ला समन्वय परिषदको भवन शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रमको संचालन सचिव उदिम चाम्लिङले गर्नु भएको थियो । आदीवासी जनजाती महासंघको भवन निर्माणकालागि जिल्ला समन्वय परिषदका अध्यक्ष फूर्वा शेर्पाले निशुल्क जग्गा उपलब्ध गराउनु भएको छ । जम्मा ८ आना जमिन निशुुल्क महासंघलाई उपलब्ध गराईएको परिषदका सचिव उदिम चाम्लिङले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार