इरन राईको नेतृत्वमा खोटाङ किरात राई कर्मचारी मञ्च

किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति खोटाङको पाँचौ जिल्ला सम्मेलनले इरन राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भएको पाँचौ सम्मेलनबाट इरनको नेतृत्वमा जिल्ला समिति बनेको हो ।

किरात राई यायोक्खा खोटाङको अध्यक्ष युुग्सन किरातको प्रमुख आथित्यतामा भएको सम्मेलनबाट अध्यक्ष इरन राई, उपाध्यक्ष मुगाधन राई, सचिव अदित राई, सह–सचिव सुवास राई र कोषाध्यक्ष उषाकला राई चयन हुनुु भएको छ । यस्तै सदस्यहरुमा निशान राई, कुशन राई, नरेन्द्र राई, देविका राई, नमि राई र राज कुमार राई रहनु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख विसन राईको विशेष आथित्यतामा भएको सम्मेलनले राजकुमार राई, उपेन्द्र राई, विनोद राई, रेखा राईलाई केन्द्रिय प्रतिनिधि निर्वाचित गरेको छ । मञ्चको केन्द्रीय सचिव कोपिला राई केन्द्रीय सदस्य युनिक साम्पाङ, किरात राई खेलकुद संघ केन्द्रिय अध्यक्ष संजय कुमार राई, किरात राई पत्रकार संघ पूर्व अध्यक्ष भिम राई लगायतको उपस्थितीमा भएको कार्यक्रमको सभापतित्व रेखा राईले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार