बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा लिकुुवापोखरीका एकजना पक्राउ

खोटेहाङ/ मावली गएर घर फिर्दै गरेकी बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा खोटेहाङ गाउँपालिका वडा नं १ लिकुवापोखरीका भविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १२ गते शुक्रबार खोटेहाङ गाउँपालिका ३ सावाकटहरे मावली गएर घर फर्किदै गरेको समयमा लिकुवापोखरीकै १७ बर्षिय दलित थरकी बालिकालाई कार्कीले बाटोमा जर्बजस्ती गर्ने प्रयास गरेको आरोप लागेको हो ।

अन्दाजी ३७ बर्षिय कार्कीले पीडित बालिकालाई बाटोमा एक्लै हिँडेको देखेर कोशेली बोकेको रक्सि समेत मागेर खाईदिएपछि यौन दुर्व्यवहार गरेको पीडितको गुुनासो छ । उनलाई कार्कीले दुवै हातमा समातेर काम छ भन्दै दुवै हातमा समातेर लडाउन खोजेको तर आफु उम्कन सफल भएर भागेको बताएकी छन् ।

त्यसदिन भागेर घर पुुगेको र भोली १३ गते वडा कार्यालयमा सम्पर्क गर्दा यस्तो जटिल मुुद्धा वडा कार्यालयको क्षेत्राधिकार भन्दा बाहिर रहेको बताईएको पीडितले बताएकी छन् । उनले यसको लगतै इलाका प्रहरी कार्यालय खोटाङमा उजुरी दिएकी थिईन् ।

प्राप्त उजुरीको आधारमा १४ गते आईतबार नै कार्कीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखेको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरिक्षक उदयमान द्धिवेदीले दुर्व्यवहार भएको भन्ने गुनासो आएपछि सोधपुछका लागि कार्कीलाई ल्याईएको बताउनु भयो ।
प्रहरी निरिक्षक द्धिवेदीले लिखित जाहेरी हाल आई नसकेको बताउँदै यदि जाहेरी वा उजुरी परेमा कानुनी कारबाही अगाडि बढाईने बताउनु भएको छ । उहाँले पीडितहरुको अग्रसरताको आधारमा कानुनी बाटो अगाडि बढ्ने समेत बताउनु भयो ।

पीडित बालिकाले भने आफुलाई उनले जे भने, बोले र गरे त्यो दुुराशयपुुर्ण रहेको आरोप लगाएकी छन् । ‘यदी म त्यहाँबाट फुुत्कीन नपाएको भए सबैकुरा गर्ने मनशाय मैले बुझिसकेकी थिएँ’ उनले भनिन्, ‘मावली गएर फर्किदै थिँए । बाटो उहाँले कता गएर आएकी भनेर सोध्नु भयो । मैले मावली भनेपछि कोशेली ल्याएकी होला नी भन्दै समाउनु भयो । कोशेली रक्सि दुुईघुटकी जति पिउनु पनि भो । अनि मलाई अलिकति काम छ बसन भन्दै दुवै हातमा समाएपछि उम्केर भाग्न सफल भएकी हुँ । ’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार