दक्षिणी भेगका नागरिकलाई खुशीको खबर : अब राष्ट्रिय परिचय पत्र खोटेहाङबाट


खोटेहाङ/ ईलाका प्रशासन कार्यलय खोटेहाङको कार्यक्षेत्रमा रहेका नागरिकहरुले राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम धाउन नपर्ने भएको छ । नेपाल सरकारले देशभरीका दश स्थानमा राष्ट्रिय परिचयपत्र वितरणका लागि राष्ट्रिय परिचयपत्र इकाइ स्थापना गर्ने भएपछि दुरदराजका सर्वसाधरण सदरमुुकाम धाउनुपर्ने समस्याबाट मुक्त भएका छन् ।

राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागले साउन ९ गते उल्लेख गरेको परिपत्र अनुसार राष्ट्रिय परिचयपत्र वितरणकालागि देशभर दश स्थानमा स्थायी स्टेशन राख्ने निर्णय गरेको छ । खोटाङ जिल्लाको खोटेहाङ लगायत देशको दश स्थानमा नागरिकहरु वैयक्तिक तथा जैविक विवरण संकलनार्थ स्थायी स्टेशन स्थापना गर्न लागिएको हो ।

स्थायी स्टेशनका लागि खोटेहाङ गाउँपालिकाले २०८० साल बैसाख १ गते जिल्ला प्रशासन कार्यालय मार्फत स्थायी स्टेशन स्थापना गर्न आवश्यक पूर्वाधार समेत तयार रहेको बताउँदै पहल शुरु गरेको थियो । गाउँपालिका अध्यक्ष उदिम बहादुर राई तथा उपाध्याक्ष रुपेश राईको पहलमा शुरु गरिएको काम चार महिनापछि पुरा भएको छ ।

गाउँपालिकाले पत्रचार गरेपछि तत्कालिन ईलाका प्रशासन कार्यालय खोटाङ बजारले समेत शिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा खोटाङ जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी सुुर्यप्रसाद सेढाईले उक्त कामलाई आवश्यक कार्यन्वयनका लागि राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागमा पत्र पठाउनु भएको थियो ।

राष्ट्रिय परिचयपत्र नजिकैको गाउँमा बन्ने भएपछि खोटेहाङ, जन्तेढुँगा र बाराहा पोखरी गाउँपालिकाको सर्वसाधरणहरुलाई खुशी व्यक्त गरेका छन् । सदरमुकाम जाने झंझटबाट मुक्ति मिलेको भन्दै नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कमिटि अध्यक्ष दिपेन थुलङुले खुशी व्यक्त गर्नुभयो । गाउँ गाउँमा सिहँदरबार भन्ने नारा सार्थक हुन थालेको बताउँदै उहाँले यसकालागि गाउँपालिका अध्यक्ष लगायतको टोलीलाई धन्यवाद समेत दिनुभएको छ ।

नेपाल सरकारको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका अनुसार खोटाङको खोटाङ बजार लगायत खिजि फलाँटे, सक्रान्तिबजार, इलामको रवि, चन्द्रौटा, बर्दियाचौर, जोगबुढा, विनायक, पूवौडी र सिमा प्रशासन कार्यालय नाम्चेबजारमा स्थायी स्टेशन राख्ने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार