किकोस
खोटेहाङ, ८ असार÷ खोटेहाङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबैखाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायीक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको हो ।
असार ७ गते गाउँपालिकाको सभाहलमा भएको खोटेहाङ गाउँपालिकाको गाउँसभा तथा तेह्रौ अधिवेशनमा पालिकाको तर्फबाट पालिका अध्यक्ष उदिमबहादुर राईले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । नीति तथा कार्यक्रममा ‘सरकारी सेवा सुुविधा लिएका सबैखालका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको सन्ततीलाई आगामी शैक्षिक शत्र २०८१ देखि सामुदायीक विधालयमा पढाउने अनिवार्य व्यवस्था मिलाईने छ ’ भनिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा गाउँपालिका र मातहत कार्यालयहरुले सार्वजनिक कार्यक्रमहरु गर्दा खादा तथा ब्याच बनाउने कामलाई पुर्णरुपमा निशेध गर्ने उल्लेख छ । यसले फजुल खर्च बढाउनका साथै तामझाममा समय व्यतित् हुने भएकाले गाउँपालिका यस्तो नीति बनाउनुपरेको उहाँले बताउनु भयो ।
यस्तै स्वरोजगार तथा सिप प्रवद्र्धनका लागि खोटेहाङमा ढाका बुुनाई तथा परम्परागत हिसाबले सालको पातले बुन्ने गरेको दुना तथा टपरीको व्यवसायीक उत्पादन गर्ने नीति ल्याएको छ । गाउँपालिकाले कोशेली घरमार्फत यसको विक्रि वितरणको व्यवस्था मिलाउनेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।
यसका अलवा गाउँशभाले यस आर्थिक बर्षभित्र गर्ने महत्वपूर्ण कार्यक्रमहरु यस गाउँसभाबाट पास गरेको छ । नीति तथा कार्यक्रम हेर्न तल जानुहोस…