भोजपुरको गन्धर्व खोटाङमा सन्देश बाँढ्दै, द भ्वाइस अफ नेपालका सहभागी तेजेन्द्र र हिमाल

भिम राई
खोटाङ/ नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा कुनै बेला ‘बल्छि काँडैले…’ गाउदै प्रवेश गरेका तेजन्द्र गन्धर्व र उनका भाई हिमाल गन्धर्व  वैदेशिक रोजगार सम्बन्धि सन्देश सुनाउँदै खोटाङमा घुुमि रहेका छन् । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार माङदिङका गन्धर्व दाजुुभाई अहिले खोटाङ जिल्लाको गाउँ गाउँमा सन्देश बाँढी रहेका छन् ।

भरसक त विदेश नजाउँ, जाने परेपनि आवश्यक सिप सिकेर जाउँ उनिहरुको अभियानको मुख्य लक्ष्य यहि हो । यो अभियानको चाँजोपाँजो दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिका अन्र्तगत सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले मिलाएको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीको १५ वटै वडामा बसेर सारङ्गीको धुनसँगै उनिहरुले सन्देश मुुलक गितहरु सुनाउँछन् । अनि गितको अर्थ र भन्न खोजेको कुुरा तेजेन्द्र गन्धर्वले जानकारी दिन्छन् । ‘भरसक विदेश नजानु राम्रो जानु भएपनि एक पटक जिल्ला प्रशासन कार्यालयमा रहेको सूचना केन्द्रमा सम्पर्क गरेर जानकारी लिएर जानुु होला ।’ सदरमुकाम दिक्तेलको भवन गैरामा तेजेन्द्रले भने ।
हातको सारङ्गीको तार मिलाउँदै उनले फेरी अर्को गीत सुनाए । विदेश गएर दुख पाएर फर्किएकाहरुको पिडा । विशेष गरेर आमाहरुलाई आफ्ना छोरा छोरी विदेश जाँदैछन् भने एकपट सूचना केन्द्र पठाउनु आग्रह गरे, विदेश जाँदै गरेकाहरुले राम्ररी जानीबुझि जान आग्रह गरे । जाँदा आफुलाई रोजगारवाला दाताले दिएको सम्पुुर्ण कागजको एक एक प्रति फोटोकपी गरेर परिवारलाई छाडिदिन भने यस्तै यस्तै गाई रहे ।
भवन गैरा व्यस्त सडकको बिचमा मोटर साईकलको झ्याउ झ्याउँ त हुने नै भयो तर दुुईभाई गन्र्धवहरुले विदेशिनुको पिडा, विदेश जानै परेपछि गर्नु पर्ने काम, जान्नु पर्ने सिप तथा दक्षता उनिहरुले सुनाए । गीत सकिएपछि उभेर तेजेन्द्र गन्धर्वले सम्झाए ।
यसपछि चिन्नेले उनलाई द भ्वाईसमा गाएको निर्मला पन्त हत्याकाण्डको गीत सुनाउन आग्रह गरे । आग्रह सुनेपछि सम्पुर्ण आमा दिदिबहिनीहरुलाई समर्पण गर्दै निर्मला हत्याकाण्डको गीत सुनाउँदा माओल कारुणिक बन्न पुुग्यो । उभिएर सुुन्ने आमाहरुको आँखा रसायो । वैदेशिक रोजगारमा गएका गीतसँगै महिला अधिकारको गीत गाएर उनले सबैलाई नतमस्तक बनाए । सकिएपछि रेला गर्दै तेजेन्द्रले भने, ‘यो चाँही भैँसी किन्दा पाँडो उपहार भने जस्तै भयो ।’ यतिकैमा दर्शकका रुपमा रहेकाहरुले भने पाँडो पनि भैँसी भन्दा कम थिएन ।
यसरी सामी परियोजनाको अभियानमा सारथी बनेर आएका तेजेन्द्र र हिमाल सहोदर दाजुुभाई रहेछन् । कार्यक्रम सकिएपछि भलाकुसारीमा उनिहरुले सुुनाए । भोजपुर जरायोटारको माङदिङमा उनका पुुर्खा कहिले आए त्यो उनिहरुलाई थाहा छैन । तर जरायोटार माङदिङबाट झापामा झरेका गन्धर्व भने २०३० सालमा झरेका उनिहरुको जानकारीमा छ ।

तेजेन्द्रलाई उनको बुवाले पुर्वको माझकिरात भोजपुरमा किरातको राजाले आफ्ना्े पुुर्खालाई खोरियामा चारघर चारथरको गन्धर्व बोलाएको रे भनेको सुुनेका थिए । पुख्र्यौली पेशा नै सारङ्गी बजाउने उनीहरुले आफ्नो पेट पाल्नुु, छोरा छोरी पढाउनुु पनि सारङ्गीकै साहारा रहेको सुनाउँछन् ।
द भ्वाईसको टप १६ सम्म पुुगेका तेजेन्द्र आफुलाई सेलिब्रेटी स्वभाव मन नपर्ने भन्दै गाउँ घर र रस्ति बस्तिमा गाउँदै हिँड्नु आफैमा रमाईलो रहेको सुनाउँछन् । ‘खोटाङको जलेश्वरी महेश्वरी देखि देविस्थानको सिकिमटार सम्म घुमेको ताजा याद रहेको छ’ उनले भने, ‘ २०६८ सालदेखि ०७५ साल सम्म खोटाङ, ओखलढुुँगा र रामेछाप जम्मै गाउँमा घुुमेको र यसको श्रेय सामी परियोजनालाई दिन्छुु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार