दिक्तेल, ४ असार÷ नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा पुुनः उत्तम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको युनियनको साँतौ जिल्ला अधिवेशनबाट चौलागाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन खोटाङको सातौँ जिल्ला अधिवेशन तथा दशौँ साधरणसभाले उपाध्याक्षमा चिसाङ शेर्पा र कृष्णकला राई सचिवमा दिनराज कार्की, सहसचिवमा योगिन राई र कोषाध्याक्षमा एनिशा राईलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार कार्की, पुजन राई र कृष्णमाया मगर चयन भएका छन् ।
१३ सदस्यीय जिल्ला समिति गठन गरेको युुनियनको अधिवेशनको उद्घाटन प्रेस स्वतन्त्र सेनानी तथा अग्रज पत्रकार कृष्ण आचार्यको प्रमुख आथित्यतामा भएको थियो । जिल्लाका राजनीतिक दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहमा निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष लगायतको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको हो ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसको नेता डिल्लिमाया आचार्य, नेकपा एमालेका अध्यक्ष राम दंगाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे (आकाश) ले अधिवेशन सफलताको शुुभकामना दिएका थिए । यस्तै उद्घाटन शत्रमा प्रमुख जिल्ला अधिकारी सुुर्य प्रसाद सेढाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तिर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, अग्रज पत्रकार भिम राई, पत्रकार महासंघका पूर्व अध्यक्ष दमन राईले अधिवेशन सफलताको शुुभकामना प्रदान गरेका थिए ।
उद्घाटन पछि प्रेस युनियनका केन्द्रिय सदस्य गोपाल पोखरेलले केन्द्रिय प्रतिनिधीका हैसियतले कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।