कुुटपिटमा उत्रिएका कांग्रेस वडा सभापित सहित सात जनालाई १५ दिन जेल

हलेसी/ २८ जेठ । हलेसी तुवाचुुङ नगरपालिका वडा नम्बर ७ डाँडागुठमा स्थानीय निवार्चन २०७९ को बेला कुटपिटमा उत्रिएका कांग्रेस वडा सभापति केदार राई लगायतका ७ जनालाई १५÷१५ दिन जेल सजायको फैसला आएको छ । स्थानीय पदम कुमार राईलाई कुटपिट गरेको मुद्धामा जिल्ला अदालत खोटाङले करिब एकबर्ष पछि गरेको फैसला सुनाउँदै प्रतिवादीहरुलाई जनही एक एक हजार रुपैया जरिवाना समेत तोकेको हो ।

गत बर्षको बैसाख २८ गतेका दिन स्थानीय पदमलाई आयुर्वेद औषधालय हलेसीका कार्यलय सहयोगी समेत रहेका दिपक राई, हलेसी तुवाचुङ नगरपालिकाका सव ईन्जिनियर निमेश राई, नगरपालिकामा सामी परियोजनामा करारमा कार्ययत कर्मचारी योगन्द्र राई, स्थानीय रुपाल राई, मदन राई, रविन भनिएको आशिष राईले पदम माथी कुुटपिट गरेको आरोपमा मुद्धा दायर भएको थियो । जिल्ला अदालत खोटाङका न्यायधिस सुुभाष बाबुु पुरीको एकल इजलासले फैसला सुनाएको पीडित राईले जानकारी दिनु भएको छ ।

घटनापछि तत्काल प्रहरी प्रशासनमा निवेदन दिँदा समेत प्रहरीले चासो नदिएपछि जिल्ला अदालत खोटाङमा कानुन व्यवसायी मार्फत मुुद्धा परेको थियो । उक्त मुद्धाको किनारा लागेसँगै पीडित पदमले २० हजार रुपैया क्षतिपुर्ति समेत प्रतिवादीहरुबाट भराउन अदालतले आदेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार