पालिका प्रतिभा खोटाङबाट छानिएका दुुई कलाकारलाई काठमाडौँमा छात्रवृत्ति

ज्ञानेन्द्र विक
दिक्तेल, ९ जेठ । खोटाङ कलाकार समाजले आयोजना गरेको पालिका प्रतिभा – २०८० का दुुईजना बाल कलाकारलाई काठमाडौँका एक विद्यालयले पुुर्ण छात्रवृत्ति दिने भएको छ । पालिका प्रतिभा छनौटमा नृत्य र गायन विद्याका एक एक जना कलाकारलाई शारदा एकेडमी कपन काठमार्डौले पुुर्ण छात्रवृत्तिका साथ पढाउने भएको हो ।

खोटेहाङ गाउँपालिकामा नृत्य तर्फ उत्कृष्ट बनेकी कबिता श्रेष्ठ र दिप्रुुङ चुुईचुुम्मा गाउँपालिकामा गायन तर्फ सबैका मन जितेका कलाकार युुजन मगरलाई उज्वल भविष्यको कामना सहित होस्टलको सुुविधा सहित छात्रवृत्ति प्रदान गरिएको खोटाङ कलाकार समाज काठमाडौँका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो ।

शारदा एकेडेमिमा बाल कलाकारहरुलाई यसै शैक्षिक शत्र देखि आबद्द गराउने गरी खोटाङ कलाकार समाज र शारदा एकेडेमि बिच मंगलबार सम्झौता भएको छ । सम्झौता पत्रमा शारदा एकेडमीका प्रिन्सिपल झबि राई र खोटाङ कलाकार समाजका अध्यक्ष राईले हस्ताक्षर गर्नु भएको हो ।

कलाकार कबिता श्रेष्ठ कक्षा ७ र युजन मगर कक्षा ४ मा अध्ययन गर्ने भएका छन् । सम्झौतापछि उनिहरुको भविष्य अझै सुुन्दर हुने र खोटाङले थप अब्बल प्रतिभा पाउने अपेक्षा गरिएको राईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार