खोटाङमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया

युवराज राई
दिक्तेल/ ९ जेठ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया सम्पन्न भएको छ । नेपालको राजनीति र पत्रकारीता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले पुु¥याएको असरको बारेमा अन्तरकृया गरिएको हो ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार भवानी बरालले सहजिकरण गर्नु भएको अन्तरकृयामा युनेस्कोमा आवद्ध मुुलुकहरुले प्रेस स्वतन्त्रताको हकमा लिएको नीति र यसमा देखिएको जोखिमको बारेमा छलफल भएका छन् । जिल्लाको सम्पुर्ण अगुवापत्रकारहरुको सहभागितामा भएको अन्तरकृयामा अहिले पत्रकारिताको क्षेत्रमा डिजिटल प्रविधिले पुु¥याइरहेको असरको बारेमा छलफल भएका हुन् ।
अन्तरकृयामा नेपालको पत्रकारितामाथी मात्र नभई राजनीतिमा समेत डिजिटल प्रविधिको व्यापक प्रयोगले विस्फोटनको अवस्थामा पुु¥याएको निस्कर्ष निकालेको छ । यसले आगामि दिनमा नेपालको संविधानले दिएको जनताले सहि सूचना पाउने अधिकारबाट समेत बञ्चित बनाउन लागेकाले यसका बारेमा सचेत हुन जरुरी रहेको अन्तरकृयामा सहभागीहरुले बताउनु भएको छ ।
अन्तरकृयामा प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहाकार समेत रहनु भएका बरालले अवको युुग डिजिटल युुग भएपनि यसको सहि सदुुपयोग हुन नसक्दा समस्याहरु बढ्न थालेका बताउनु भएको छ । उहाँले युनेस्को कन्भेन्सनले अगाडि सारेको नाराहरुको बारेमा व्याक्खा गर्दै अवको स्थिति खतरान्मुख रहेको बताउनु भएको छ ।
कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति खोटाङको आयोजनामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार