धानफल्ने खेत मासेर गोलभेडा


एनिशा राई
रावावेसी, ६ जेठ । जेठ महिनाको पारिलो घाम । रावावेसी गाउँपालिका भवनको नजिकै मदन भण्डारीको शालिक उभिएको छ । पिपलको बुढो रुखको फेदैमा रहेको केही थान ढुँगाको देउता राखिएको छ । नजिकै बसेर गोलभेँडा झोलामा राखरे बसेका रेग्मि दाई अर्थात नवराज रेग्मी ।

केजीको ७० रुपैयाको दरले गोलभेँडा बेच्दै आएका रेग्मीले झोलामा बोकेको गोलभेडा झिक्दै आफुले विगत बर्षदेखि नै गोलभेडाको खेति गर्दै आएको सुनाउँछन् । ‘पोहोरको साल मात्रै तीन लाख पचासहजारको गोलभेँडा बेचियो नि ।’ नजिकै आएका ग्राहकलाई सुनाउँछन् । सायदै नजिकै पालिका भवन भएकाले त्यहिका कर्मचारी हुनुुपर्छ रेग्मिलाई प्रश्न गर्छन् । ‘अनि लगानी कति गर्नु भयो त दाई ? नाफा त पक्कै भयो नै होला ?’ रेग्मिदाई हौसिदै सुुनाउँछन् । ‘लगानी त १७ हजार मात्र हो । धन्न त्यहि बेला जिल्लाबाट कृषि प्राविधिक पनि आएका रहेछन् । उनलै सबै विषाधीको मात्रा मिलाएर एक पटक छिटेपछि केही गर्नै परेन ।’

उनले आफुले एउटै टनेलमा गोलभेडाको बेर्ना तयार गरेको सुनाए । ‘मैले आफैले गोलभेडाको बेर्ना उमारेको हुँ यसमा ३÷४ सय लगानी भयो ’ उनले भने थोरै लगानीमा राम्रै आम्दानी लिएको थिँए ।’

यस पटक ५ मुुरी धान फल्ने खेत नै मासेर अर्को बुहदेश्यीय कृषि टनेल निर्माण थालेको उनको भनाई रहेको छ । ‘स्काभेटर नै लगाएर खेत भत्काई सकेँ । आरसीसी गरेर टनेलको खम्बा लगाएको छु । यसको माथीबाट छाना समेत राम्रो र स्थायी प्रकारको बनाउने मन रहेको छ ।’ सरकारको कुनै पनि अनुदान नलिएका उनी आफ्नै लगानीमा व्यवसायीक कृषि उत्पादनमा लाग्ने सोचमा रहेको बताउँछन् । अबको जिविको पार्जनको पहिलो कर्म कृषि कर्म नै रहेको बताउने उनले आफ्नो जिम्मेवारी निकै ठुलो रहेका महसुस गर्न थालेको समेत बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार