नबिल बैँक कमाल, शुन्य मौज्दातमा खाता

शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ नयाँ बैक खुलेको छ । नविल बैकको शाखा दिक्तेलमा खुलेपछि शुन्य मौज्दातमा खाता खोल्नेको लस्कर लागेको हो ।

एटिम कार्ड चारवर्षका लागि फ्रि सेवा दिएको बैँकको शाखा खुलेको तीन महिनामा एकहजार बढीले खाता खोलेका छन् । स्थानीय विकास तथा उत्थान कार्यक्रम सहति गाउँमा आएको बैकले वित्तिय साक्षरताको अभियान समेत चलाउदै आएको छ ।

नेपालमा आर्थिक अभियान सञ्चालन गर्नका लागि ३८ बर्ष अगाडि खुलेको बैँकले गएको माघ ११ गते खोटाङमा शाखा सवस्तार गरेको हो । बैकले शुन्य मौज्दातमा खाता खोल्नुको अलवा ४ बर्षकालागि एटिएम निःशुल्क, मोबाइल सेवा निःशुल्क, चार वर्षका लागि डलरकार्ड, शेयर बजारका लागि निःशुल्क डि–म्याट खाता, अधिकतम बचतमा ८ प्रतिशत ब्याज दर तथा मुद्यतीमा १२ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ ।

नेपालकै बैँकिङ इतिहाँसको पहिलो बैकको रुपमा स्थापित नबिल बैँकले मोवायल एक मार्फत ५०० रुपैँया देखि दुईलाख रुपैया सम्म क्रृण सेवा समेत उपलब्ध गराउँदै आएको शाखा प्रबन्धक डेजिन्द्र राईले बताउनु भयो । उहाँले मोबायल बाटै ३० सेकेन्ड भिब खाता खोल्न सकिने तथा ५०० डलर सम्म चलाउन मिल्ने खाता समेत खुल्ने उहाँले जानकारी दिनु भयो ।

मोवायल सेवाको भरपुर उपयोग गर्दै मुद्यती खातामा रहेको रकम आपतकालिन अवस्थामा ९० प्रतिशत क्रृण लिन पाईने सेवास हित बैँकले सेवा दिँदै आएको राईले जानकारी दिनु भयो । बैँकले जम्मा कमाएको नाफाको ३ प्रतिशत समाज सेवाको अभियानमा खर्च गर्दै आएकाले उल्लेखनीय कामको लागि प्रस्ताव समेत आव्हान गरिने राईको भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार