स्ववियु निर्वाचन हुन नदिने षडयन्त्रका विरुद्ध खाेटाङका चार संगठनले बुझायाे पत्र


दिक्तेल, २८ फागुन । स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्रकाे आशंका सहित खाेटाङका चार विद्यार्थी संगठनले दिक्तेल बहुमुखी क्यामपसमा ध्यानकर्षण पत्र बुझाएका छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल स्थीत स्ववियु निर्वाचन समिति प्रमुख लाल प्रसाद घिमिरेलाई ध्यानकर्षण पत्र बुझाईएकाे हाे ।

नेपाल विद्यार्थी संघ ईकाई अध्यक्ष – सुमन आचार्य, अखिल (क्रान्तिकारी) स्ववियु निर्वाचन परिचालन समित जिल्ला सह – संयाेजक डार्विन चाम्लिङ्ग, अनेरास्ववियू सह- सचिव अनिता राई (अनु) र  समाजवादी विद्यार्थी संघ केन्द्रीय सदस्य – विरेन्द्र कुमार दर्नालले ध्यानाकर्षण गराएका छन् । उनिहरुले पत्रमा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल खोटाङ्गमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन (२०७९) चैत्र ५ गते तोकिएर उमेद्वारी दर्ता कार्यक्रम २७ फागुन २०७९ को दिन रहेको भएपनि निर्वाचन गतिविधि नबढाएकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएका हुन् ।

“दिक्तेल बहुमुखी क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले आजको मितिसम्म कुनै कार्यक्रम अगाडी बढाउन नसकेकोमा हाम्रो चार संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।” पत्रमा उल्लेख छ । चार संगठनले ” कुनै संगठनको कारण उमेद्धवारी दर्ता गर्ने कार्य जस्तो गम्भिर विषयमाथी नै लापारवाहि गर्न खोजिएको हो भने हाम्रो चार संगठनको आपत्ती रहने जानकारी गराउन चाहन्छौं ” उनहरुले भनेका छा् ।

पत्रमा यदि ५ चैत्र २०७९ को दिन स्ववियु निर्वाचन नगराउने षडयन्त्र हुन थालेको हो भने चार संगठनले षडयन्त्रको भण्डाफोर गर्ने जनाएका छन् ।  क्याम्पस संचालक समिति र क्याम्पस प्रशासनलाई बाेधार्थ दिएकाे पत्रमा कुनैपनि हालतमा तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन, उमेदवारी दर्ता गर्ने कार्य अगाडि बढाउन, तथा निर्वाचनको अन्य प्रकृया तत्काल अगाडि बढाउन चार विद्यार्थी संगठनले माग समेत गरेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार