पहिले काम लाग्यो भाँडो अहिले आफाल तेरो … खोटाङ बजारको धर्मशाला

खोटेहाङ, ९ फागुन / खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारमा एउटा ऐतिहासिक घर रहेको छ । बजार तथा त्यस वरिपरि रहेका वासिन्दाहरुलाई यसको अहिले कुनै महत्व छैन । बेफुर्सद मानिसहरुलाई त्यो घरको बारेमा केही थाहा छ तर केहीपनि थाहा छैन । मानिसहरु त्यसलाई पाटी घर भनेर चिन्छन् ।

चिनेर थाहा पाएरपनि अव यो घरको आवश्यकता रहेन । स्थानीय व्यवसायी राजेन्द्र कुमार गेलालले यहि पाटीघरमा खुलेको बालमन्दिरमा पढे । त्यसबेला उनलाई पढाउने गुरुआमा थिईन यसोधा न्यौपाने । एक भेटमा सोधिएको प्रश्नको वेवास्तासँगै जवाफ दिईएका गेलालसँग कुरा गर्ने जमर्को सहित कोशिस गर्दा गाउँबाट भर्खरै आएको कोला किन्ने हतारोमा यतिचाँही भन्न भ्याएका हुन् ।
विक्रम संवत १९०४ सालमा बनेको भनिएको यो धर्मशाला हो । वि.स. १९०३ सालमा तत्कालिन राजा राजेन्द्र विक्रमको सत्ताच्युत र उनकै छोरा सुरेन्द्र विक्रमले राज्य चलाउने विशेष लालमोहर पछि राजेन्द्र विक्रम भारत तर्फ निर्वासनमा गईसकेको बेलाको धर्मशाला हो । वि.सं. १९०३ सालमा भएको कोत पर्वपछि जङ्गबहादुर राणा मुखतीयार भएका बेला धर्मकर्मको सन्देशका लागि बनेको भजन किर्तन गर्ने घरका रुपमा यसको विकास भएको बुढापाकाहरुले सुनाएको स्थानीयहरु बताउँछन् ।

यो पाटीमा आश्रय लिएर धेरैले गुजारा गरे । कहिले कता को आए गए । विसाए हिँडे । धेरैपछि यसको महत्व अलिक बढ्यो । भाष विद्यालयका रुपमा केही समय सदुपयोगपनि गरियो । यसपछि यसैलाई बालमन्दिरको नाममा स्कुल शुरुवात भयो । पछि त्यो पनि बन्द भयो । यसपछि यसको खास प्रयोग भएको छैन । कहिले कसले कहिले कसले उपयोग गर्ने गर्थे । केही समय अगाडि स्थानीय एउटा सँस्थाले आफ्नो कार्यालय बनायो पछि त्यो पनि त्यहाँबाट उठ्यो । एकजना वृद्धले सुनाए ।

अहिले भने यो घर कुनै प्रयोगमा छैन । घर जिर्ण हुँदै गएको छ । बजारको बिचमा रहेको यो ऐतिहासिक घर कुन दिन ढल्ने हो थाहा छैन । एक स्थानीय व्यापारीले भने, ‘यो पाटी घर त पहिले काम लाग्यो भाँडा अहिले आफाल तेरो …, जस्तै भाको छ ।’
– भिम राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार