प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन


दिक्तेल
फागुन, ७ आईतबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसरमा दिप प्रज्वलन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले  नगरपालिकाको प्राङ्गनमा रहेको राष्ट्रिय झण्डा मुनि नेपालको नक्सामा दिप प्रज्वलन गर्दै ७३ औँ प्रजातन्त्र दिवस मनाएको हो ।

नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा भएको कार्यक्रममा नगरपालिका भित्रको ढोकाहरुमा समेत दिप बालेर प्रजातन्त्रको सार्थक उपलब्धीको सम्झना गरिएको हो । नेपाली जनताले पहिलो पटक २००७ सालमा प्रजातन्त्रको प्रत्याभुत गर्न पाएका थिए ।

तत्कालिन जहाँनिय राणा शासनको अन्त्य गर्दै तत्कालिन राजा त्रिभुवन र नेपाली कांग्रेसका मातृका कोईराला र राणा प्रधानमन्त्री मोहन शमसेर बिच भएको सम्झौताले नेपालमा प्रजातन्त्रको उदय भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार