‘व्यवसायीको काम भोट हाल्ने मात्र होईन वाच डगको भूमिका चाहन्छु’ अध्यक्ष सुवेदी

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का नव निर्वाचित अध्यक्ष खुम सुवेदी भन्छन् भोट दिएर जिताउने काम मात्र होईन पर्यटन व्यवसायीको । मलाई सहि मार्गनिर्देश गर्न, सल्लाह सुझाव दिन, कमीकमजोरी औंल्याउन पर्यटन व्यवसायी सार्थीहरु सधैं सक्रीय भएर प्रस्तुत भइदिन म आग्रह गर्दछु ।

केहि साता अघि टानले नयाँ नेतृत्व पाएको छ । पर्यटन क्षेत्रकै ठूलो संस्था मानिने टानले खुम सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । विगत लामो समय देखि समस्याग्रस्त टानलाई नयाँ नेतृत्वले कसरी निकास दिन सक्ला यो भने हेर्न बाँकी नै छ । तर नेतृत्व सम्हाल्दै गर्दा अध्यक्ष पदमा निर्वाचित हुनुभएका खुम सुवेदी के भन्नुहुन्छ? उहाँको कार्यकालमा व्यवसायीले चाहेको, सोंचेजस्तो र पर्यटनमैंत्री वातावरण निर्माणमा उहाँ नेतृत्वको भूमिका कसरी अघि बढ्ला? यसैको पेरिफेरीमा रहेर जुली गुरुङले गर्नुभएको कुराकानीको बाँकी अंश ………………………

प्रश्नः टानको नेतृत्व सम्हाल्दै गर्दा कस्तो महसुस गर्नुभएको छ?

उत्तरः एकदमै गौरवान्तित महसुस गरेको छु । धेरै साथीहरुबाट साथ र सपोर्ट पाएँ । यो जीत मात्र पूर्ण छैन । व्यवसायीले अपेक्षा गरेको कुरा पूरा गर्नुछ । पर्यटन पदयात्रामा जाँदा गाईड लिएर जानुपर्ने, व्यवसायीहरु ट्याक्स, भ्याटमा जानुपर्ने, टानको विषयमा भइरहेको विभिन्न टिकाटिप्पणीबारे स्पष्ट पार्नुछ । लगायत धेरै काम हरु गर्नुछ । किनकी हामीसंग धेरै समय छैन ।

प्रश्नः टान नेतृत्व सम्हाल्दै गर्दा अहिलेको नतिजा पनि मिश्रित नै आएको छ । तपाईको नेतृत्व व्यवसायीले चाहेजस्तो सफल बनाउने रणनीति या शैली के छ तपाईंसंग? तपाईबाट त्यस्तो पृथक के आशा गर्लान् व्यवसायीहरुले?

उत्तरः मिश्रित नतिजा व्यवसायीको निर्णय हो । व्यवसायीले दिएको मतको सम्मान गर्दै व्यवसायीले खोजेको टानको भवन पास हुन सकेको छैन त्यो पास गर्नेछु । टानलाई ऋण मुक्त बनाउनेछु । ६ महिनाभित्र टिम्स लाई वार या पार बनाउने छु यो नै मेरो पृथकता हुनेछ । एउटै छातामुनि रहेर एकआपसमा छलफल तथा सरसल्लाह गरेर जाने विषय त छँदैछ ।

प्रश्नः नेतृत्व सम्हालदै गर्दा तपाईलाई के कुराले प्रेरित गर्यो?

उत्तरः पर्यटनका लागि मैले योगदान दिदैं आएको छु । व्यवसायीले त्यो अुनमान गर्दै अघि बढे । सबैसंग मिलेर जानसक्ने क्षमता, विदेशी मोहको त्यागे । यि विविध कुराले गर्दा म टानको १८ औं अध्यक्ष भएर कार्यभर सम्हाल्दै छु र अध्यक्ष बन्न सफल भए ।

प्रश्नः नेतृत्वमा पुगेपछि कस्ले किन पुर्यायो भन्ने धरातल विर्सने चलन छ । तपाईले पनि बिर्सने त होईन?

उत्तरः सबैको निर्णय हुँ म । त्यसैले अग्रज पर्यटन व्यवसायीहरुले आवश्यक सल्लाह सुझावहरु दिइरहनुहोला । यहाँहरुले दिने सल्लाहसुझाव लागु गर्न उत्प्रेरित हुनेछु । भोट दिएर जिताएर मात्र हुँदैन सबैले वाच डकको रुपमा प्रस्तुत भएर भूमिका खेलिदिनुस भन्न चाहन्छु ।

प्रश्नः अन्त्यमा केहि भन्नु छ?

उत्तरः पहिलो ६ महिनामा टिम्सको सामाधान गर्नेछु । टानको जतिपनि बेरुजु देखिएको छ त्यो फच्र्यौच गर्नेछु । भिजिट नेपाल २०२० लाई सफल बनाउने टानले पदयात्रा गन्तब्यहरु पहिचान गर्ने, प्रवद्र्धन गर्ने, मजदूरको पक्षमा काम गर्नेछु । टानबारे हुने गरेको विभिन्न टिकाटिप्पणीबाट टानलाई मुक्त पार्नेछु । टानको नयाँ कार्यसमितिले एक ढिक्का भएर टानलाई निकास दिने काम गर्नेमा म विश्वस्त छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार