वडा स्तरीय फुटबल प्रतियोतिा उद्घाटन, विजयी यात्रामा निस्क्यो नेर्पा

दिक्तेल
फागुन, ६ शनिबार । सोल्मा स्पोर्टस् क्लब सोल्माको आयोजना वडा स्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राईले प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा २ सोल्माको खेल मैदानमा शुरुभएको खेलको उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रम तथा ते–क्वान्दो खेलको डेमोस्ट्रेशन समेत प्रर्दशन गरिएको छ ।

प्रतियोगिताको शुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कर्मचारी टिम भर्सेज सोल्मा स्पोर्टस क्लबको भेट्रान टिम विच उद्घाटन खेल भएको थियो । निर्धारित समय भित्र दुवैटिमले गोल गर्न नसकेपछि खेललाई पछि निर्णय गर्ने गरी टुङ्ग्याईएको छ ।

उद्घाटन खेल पछि सोल्मा स्पोर्टस क्लब सोल्माले युवा समाजसेवि हटमिलन राईलाई सम्मान पत्रले हार्दिकता प्रदान गरेको छ । स्थानीय सोल्मामा हुने गरेका सबैखाले सामाजिक कामहरुमा अग्रभाग रहेर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएकोमा उहाँलाई सम्मान गरिएको हो ।

यस्तै प्रतियोगि टिमको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पा र वडा नम्बर १४ बुईपाबीच भएको थियो । खेलको मध्यान्तर समय सम्म कुनैपनि गोल नभएको खेलको मध्यान्तर पछि भने नेर्पाले लगातार ३ गोल गर्दै टिमलाई अग्रता दिलाएको छ । नेर्पाका लागि १० नम्बर जर्सीका मिङमार तामाङ, ९ नम्बर जर्सी विदेश राई र ८ नम्बर जर्सी विशाल पाण्डेले गोल गर्दा बुईपा भने शुन्यमै रहेको थियो ।

आईतबार बिहानको पहिलो खेला सावाकटहरे र सप्तेश्वर बिच हुने भएको छ । जम्मा तीनवटा खेल मध्ये दोस्रो खेल दिक्तेल र खाल्ले साथै अन्तिम तेस्रो खेल पाथेका र बाम्राङ बिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार