डढेलो पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

दिक्तेल । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम डाँडाखर्कका डढेलो पीडित बकसे बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषले राहत प्रदान गरेको छ । गत बुधबार स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलो घर जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो ।

खोटाङका डिएसपी मञ्जिल मुकारुङका अनुसार डढेलोको आगो हावाहुरीले उँडाएर छानामा पु¥याएपछि बुधबार साँझ घर जलेको हो । आगोले दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ । पीडित परिवारले दुर्छिम छोराछोरीको पुस्तक, कापि, कलम, ईस्कुल ड्रेस सबै आगोले ध्वस्त बनाएको जनाएका छन् ।

पीडित परिवारलाई स्थानीय खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषका प्रतिनिधी तामन राई मार्फत वडा प्रतिनिधी तथा स्थानीयवासीको रोहबरमा तत्काल १० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ । सामुदायीक वनमा आगो लाग्नुको कारण भने खुलाईएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार