जनयुद्ध दिवसको अवसरमा युवा विद्यार्थीको दिप प्रज्वलन

खोटाङमा नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी संगठनले जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा नेपालको नक्सा बनाएर २८ औँ महान जनयुद्ध जिन्दावाद लेखेर दिप प्रज्वलन गरेको हो ।

माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दुर्गाजयन्ति राईले मैन बत्ति बालेर शुरु गरिएको दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको साथमा प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहाकार सदस्य भवानी बरालले समेत मैन बत्ति जलाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार