मुलुक समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक : नेता टंक राई

दिक्तेल
फागुन १ सोमबार । जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) खोटाङले तीन दिने कार्यशाला गोष्ठी संचालन गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधीलाई तीनदिन सम्म प्रशिक्षण दिने भएको हो ।

फागुन १ गतेबाट शुरुभएको कार्यशाला गोष्ठिमा १० वटै पालिकाका जनप्रतिनिधी तथा पार्टीका नेताहरु सहभागि रहेका छन् । पार्टी केन्द्रिय अनुशासन आयोगका अध्यक्ष टंक राई, अर्थराजनीतिक विज्ञ तथा संविधान सभा सदस्य हरि रोक्का, बरिष्ठ पत्रकार भवानी बराल, अधिवक्ता हरिन्द्र राई लगायतले सहभागिहरुलाई सहजिकरण गरिरहेका छन् ।

फागुन १ गते पहिलो चरणमा २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष टंक राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा शहिदहरुको फोटोमा पुष्प गुच्छा अपर्ण गरेर शुरुवात गरिएको थियो ।

शुभकामना आदान प्रदानमा बोल्दै अध्यक्ष राईले नेपाली राजनीतिको वर्तमान रुप रंगको परिकल्पनाको शुरुवाती २०५२ सालबाट शुरु भएको जनयुद्धबाट भएको बताउनु भएको छ । उहाँले दशवर्षे जनयुद्धको जगमा भएको ऐतिहासिक जन आन्दोलन र स्थापना भएको वर्तमान राजनीतिक उपलब्धी रहेको बताउनु भयो ।

अहिलेपनि देशमा राजनीतिक तरलता कायमै रहेको बताउँदै राजनीतिक स्थीरताको लागी हुन नसकेको बताउँदै राजनैतिक स्थीर राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भयो । अहिले नेकपा माओवादी केन्द्रले उठाएको राजनीति ऐजेण्डा राष्ट्रिय सहमति कसैलाई चिढ्याउन वा दंग्याउनका लागि नभई मुलुकको स्थीरता, शान्ति प्रकृयालाई पूर्णता र मुलुकको समृद्ध बनाउनका लागि भएको उहाँको भनाई थियो ।

कार्यक्रम पार्टीका जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे आकाशको सभापतित्व तथा पार्टी सचिव जीवन राई संगीन संचालन तथा केन्द्रीय सदस्य दुर्गा जयन्ति राई स्वागत मनतव्य सँगै शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार