निर्वाचित वडा सदस्यले आफ्नै वडामा बुझाए विज्ञप्ती

खोटाङ
माघ, २५ बुधबार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ का निर्वाचित वडा सदस्य युवबहादुर कार्कीले आफ्नै वडाका वडा अध्यक्षलाई विज्ञप्ती बुझाएका छन् । उनी लगायत दुईजना मिलेर बिजयखर्क साप्सु लिफ्टिङ आयोजनाको काम चित्त बुभल्दो नभएको भन्दै वडा कार्यालयमा विज्ञप्ती बुझाएका हुन् ।

निर्वाचित वडा सदस्य आफैले वडामा छलफल गर्न तथा समस्या समाधानको बाटो खोज्नुपर्नेमा उनि आफै अग्रसर भई विज्ञप्ती निकाल्नु अशोभनीय देखिएको छ । विज्ञप्तीमा उनले नेकपा एमालेको वडा समितिको अध्यक्षको हैसियत उल्लेख गरेका छन् । उनि सँगै नेकपा माओवादी केन्द्रको वडा कमिटि अध्यक्ष पुष्पलाल खनाल तथा सरोकारवाला उपभोक्ताको हवला दिँदै प्रेम खनालले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तीमा खास समस्या केहो भन्नेमा उल्लेख नभएपनि आफुहरुलाई चित्त नबुझेकाले समिति परिवर्तन गर्न दवाव दिने उदेश्यले विज्ञप्ती दिएको उल्लेख छ । स्थानीय सरोज राईको नेतृत्वमा बनेको नौ सदस्यीय समितिले काम गरिरहेको बेला उनिहरुले अध्यक्षले आफुखुशि गरेकोमा चित्त नबुझेको उल्लेख गरेका छन् ।

उनिहरुले समितिको अन्य सदस्यहरुलाई व्यवस्थागरी अध्यक्षले मनोमानी काम गरेकाले उपभोक्ताहरुलाई हानी नोक्सानी पुग्न गएको उनिहरुको विज्ञप्तीमा उल्लेख छ । साप्सु खोला लिफ्टिङ आयोजनाको उपभोक्ता समितिमा तत्कालिन समयमा स्थानीय राजनीतिक दलहरुको भद्र सहमतीको आधारमा सरोज राईलाई अध्यक्ष, रमेश सुयल उपाध्याक्ष र अनोज राईलाई सचिव बनाईएको थियो ।

संघीय खानेपानी आयोजनाको २९ करोडको लागतमा निर्माण कार्य शुरु भएको आयोजनाको ३० प्रतिशत काम सम्पन्न भईसकेको छ । यता उपभोक्ता समितिका अध्यक्ष सरोज राईले भने व्यक्तिगत ईगोको आधारमा विज्ञप्ती आएको बताउँछन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘हिजो जुन प्रेस बिज्ञप्तीको नाममा आफ्ना बिसुद्द कुन्ठाहरु सामाजिक सञ्जालमा ल्याइएको छ । त्यो आफैमा भत्र्सनायोग्य, कपोकल्पित र भ्रमपुर्ण छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार